पानवारी । पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले टेम्पो व्यवसायीहरुले लगाएको सिण्डिकेट तथा हालै वृद्धि गरेको भाडाको विरोधमा धरान उपमहानगरपालिकामा तथा इलाका प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

नेवि संघ इन्जिनियरिङ क्याम्पस इकाइ कमिटिका सचिव पवन कार्कीले धरान उपमहानगरपालिकाका प्रशासकिय अधिकृत खगेन्द्र खतिवडालाई ज्ञापन पत्र बुझाउदै तत्काल बढेको भाडा फिर्ता गर्न माग गरेका छन् । साथै शुक्रबारै सो ज्ञापन पत्र इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेललाई समेत बुझाएका छन् । टेम्पो व्यवसायीले धरानको भाडा एक स्टेशनबाट अर्काे स्टेशनसम्म जान २० रुपैयाबाट बढाएर ३० रुपैया कायम गरेका छन् ।

विद्यार्थीले बुझाएको ज्ञापन पत्रमा इन्जिनियरिङ क्याम्पस अगाडी टेम्पो व्यवसायीले बसलाई रोक्न नदिइ सिण्डिकेट लगाएको भन्दै क्याम्पस अगाडी बस स्टेण्ड स्थापना गर्न माग समेत गरेका छन् ।