धनकुटा/ विश्व वातवरण दिवश २०१८ को अवसरमा धनकुटामा वातवरण संरक्षणलाई सहयोग पुयाउने उदेश्यले विविध कार्यक्रमको मंगलवार आयोजना गरिएको छ । धनकुटा नगरपालिकाको आयोजनामा सम्पन्न विश्व वातवरण दिवशको अवसरमा आयेजित कार्यक्रममा स्थानिय मदनचोकवाट याली निकालिएको थियो । यालीमा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, उप–प्रमुख शकुन्तला वस्नेत, नगरका विभिन्न वडाका वडाध्यक्षहरु, वन र वातवरणसंग सम्वन्धित संघ–संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

वातवरण संरक्षणमा टेवा पुग्ने संदेशमुलक सामाग्री, प्लेकार्ड बोकेर सहभागीहरुले हुलाकटोल, परिचयमोड, विच वजार, भिमनारयणचोक हुँदै नगरपालिका कार्यालयमा पुगेर सभामा परिणत भएको थियो । वजार परिक्रमा गर्ने क्रममा नगर प्रमुख चिन्तन तामाङले नगरको परिचयमोडमा क्रिस्मस ट्रि का विरुवा समेत रोपेका थिए । सो अवसरमा परिचयमोड र आसपासको क्षेत्रमा १५ वटा क्रिसमस ट्रिको विरुवा रोपिएका थिए ।

याली पछि आयोजित सभालाई सम्वोधन गर्दै नगर प्रमुख चिन्तन तामाङले धनकुटालाई धनकुटा नगरलाई ग्रिन सिटी र फुलैफुलको शहर वनाउने योजनाको साथ अघि वढेको वताएका छन् । प्रमुख तामाङले धनकुटा नगरपालिकाले सरसफाईको क्षेत्रमा अग्रता लिए पनि नगरलाई स्वाच्छ सफा र हरभरा राख्न चुनौती रहेको वताएका छन् । उनले धनकुटा नगर आफैमा सफा र सुन्दर रहेको वताउँदै नगरलाई सिघार्न नगरवासीलाई पर्न आग्रह गरेका छन् । साथै उनले एसियाकै सवै भन्दा मिठो सुन्तला पाउने धनकुटामा जलवायु परिवर्तनको कारण सुन्तला फल्न छाडेकाले सुन्तलाको राजधानीलाई जोगाई राख्न धनकुटामा सुन्तालको विशाल प्रतिमा (स्टाचु) वनाउने वताएका छन् ।

उनले धनकुटा नगरपालिकालाई एबोकार्डो र एग्रोटुरिजमको हवको रुपमा विकास गर्न नगरपालिकाले विषय विज्ञलाई लगाएर अध्ययन गरिहेको पनि स्पष्ट पारेका छन् । अध्ययनको क्रममा हाल धनकुटा नगरपालिका क्षेत्रमा १२ हजार एवोकार्डो फलिरहेको, १४ हजार आगामी वर्ष फल्ने र २४ हजार विरुवा रोपिसकेको अवस्थामा रहेको वताइएको छ ।

उनले केही समय पछि एवोकार्डोको पकेट क्षेत्र घोषणा गर्ने तयारीमा रहेको वताएका छन् । सो अवसरमा वातवरण संरक्षण्को क्षेत्रमा योगदान गर्ने नगरका १ सय ७५ वटा टोल विकास संस्थाहरु मध्ये उत्कृष्ठ कार्य गर्ने माथिल्लो कोप्चे टोलवस्ती संगठनलाई १ लाख नगद सहिद सम्मान पत्र प्रदान गरेर नगर प्रमुख चिन्तन तामाङले सम्मान गरेका छन् । त्यसैगरी मिसन मुस्कान पर्यटकिय क्षेत्र धनकुटालाई १० हजार नगद सहित सम्मान पत्र र धनकुटा–७ जिरोपोइन्टकी यशोदा शाक्यलाई पनि वातवरणिय संरक्षणमा उच्च योगदान गरेको नगद १० हजार सहित सम्मान पत्रले सम्मान गरिएको थियो । त्यसैगरी वातवरण संरक्षण्मा उत्कृष्ठ योगदान गर्ने वातवरण शाखा प्रमुख उपेन्द्र खनाललाई पनि नगद १० हजार सहित सम्मान पत्र प्रदान गरिएको थियो । धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकादत्त राईको अध्यक्षतमा सम्पन्न कार्यक्रममा नगरका उप–प्रमुख शकुन्तला वस्नेत, मिसन मुस्कान धनकुटाका अध्यक्ष कुसुम राना, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला प्रतिनिधि ऋषिराम ढुङ्गाना, पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, माथिल्लो कोप्चे टोलवस्ती संगठनका अध्यक्ष गोविन्द राई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको औचित्य माथि वातवरण शाखा प्रमुख उपेन्द्र खनालले प्रकास पारेका थिए भने कार्यक्रमको संचालन पर्यटन शाखा प्रमुख विकास अधिकारीले गरेका थिए । धनकुटा नगरपालिकाले वातवरण दिवशको अवसरमा ९ वुँदे अपिल समेत जारी गरेका थियो । यसैविच हिले माविले पनि वातवरण दिवशको अवसरमा विविध कार्यक्रम आयोजना गरेको थियो ।