इटहरी । नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तरुण दलका सुनसरी सभापति सिजन गुरुङलाई तत्काल रिहाई नगरे संघिय संसदमा आवज उठाउँने वताएका छन । मगंलवार सुनसरी काग्रेसले सिजन पक्राउको विरोधमा इटहरीमा गरेको विरोध सभामा बोल्दै कार्कीले सो कुरा वताएका हुन । सुनसरी क्षेत्र नम्वर ४बाट प्रतिनिधीसभामा निर्वाचित काग्रेस नेता कार्कीले सिजनलाई विना कारण राजनैतिक आस्थाका आधारमा पक्राउ गरिएको भन्दै सो विषयमा संघिय ससंदमा आवाज उठाउने वताए । सिजनलाई पक्राउ गरेर सरकारमा रहेको पार्टीले काग्रेसलाई तर्साउँन खोजेको आरोप समेत लगाए । काग्रेस कुनै शक्तिले तर्साउँदा तर्सिने पार्टी हैन हाम्रो कार्यकर्तालाई दुःख दिनेलाई छोड्दैनौ कार्कीले चेतावनी दिदै भने ।
सिजनलाई पक्राउ विना आधारमा गरेको कुरा प्रष्ट हुदा हुदै मानसिक याताना हिरासतमा राखेर दिएको आरोप लगाएका छन । काग्रेस माथीको आक्रमणमा आफुहरु चुप लागेर नबस्ने चेतावनी दिदै सिजन पक्राउ गरेर सिंगम हुन खोज्नेलाई भविष्यमा देखाई दिने जनाए । उनले भने राजनितिक आधारमा पक्राउ गरी विवादमा ल्याउँनेलाई काग्रेसले देखाई दिने उनको चेतवानी थियो ।
यसै गरी नेपाली काग्रेस सुनसरी सचिव केदार भण्डारीले सिजनलाई रिहाई नगरिए थप सशक्त संर्घष थाल्ने चेतावनी दिए । काग्रेसले शक्ति प्रर्दशन गर्दा कसैको भलो नहुने उनको भनाई थियो । तरहरामा तिर्थकुमारी गिरी सँग भएको जग्गा सिमा विवादमा प्रहरी सिजनलाई पक्राउ गरेर अनुसन्धानका लागि भन्दै म्याद थप गर्दै हिरासतमा राख्दै आएको छ । विरोधमा नेपाली काग्रेस सुनसरीले चरणवद्ध आन्दोलन गर्दै आएको छ भने प्रदेस नम्वर १को प्रदेशसभामा सिजनलाई राजनैतिक आस्थाका आधारमा पक्राउ गरिएको आरोप लगाउदै प्रतिपक्षी नेपाली काग्रेसले आइतवारको ससंद वैठक अवरुद्ध गरेको थियो ।
वातावरण दिवसमा विभिद कार्यक्रम इटहरी (ब्लाष्ट) विश्व वातारण दिवस २०१८ प्लाष्टिक प्रदुष्टिक अन्त्य गरौं मुल नाराका साथ नेपालमा पनि मनाई रहेको समयमा सुनसरीको इटहरी उपमहानगरपालिकालाई पर्यावरणालाई जोगाई एक नमुना उपमहानगरपालिका वनाउन ध्यानाकर्षण गराउदै स्कुले विद्यार्थीहरुले ज्ञापन पत्र वुझाएका छन । पुर्व क्षेत्रकै एक प्रमुख शहरका रुपमा रहको भएपनि इटहरी उपमहानगरपालिकाले फोहोरमैला उचित रुपमा व्यवस्थापन गर्न नसक्दा आलोचना समेत खेप्दै आएको छ । वातावरण दिवसका दिन समेत इटहरी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रको फोहोरमैला मध्यान्न सम्म पनि उठाइएको पाइएन भने केही विद्यालयका विद्यार्थीहरु भने फोहोर संकलन गर्दै हिडी रहेका थिए उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीलाई ज्ञापन पत्र वुझाएको पाथिभरा माध्यमिक विद्यालयका कक्षा ८का विद्यार्थी विज्ञान अधिकारीले वताए । त्यस्तै उद्योग बाणिज्य संघ इटहरीले पनि वातावरण दिवसको अवसरमा वृक्षारोपन तथा प्लाष्टिक रहित सन्देश भरीएका स्टीकर टासिएको उद्योग वाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष शैलेश विष्टले जनाए । त्यस्तै तरहरामा रहेको तरहरा मोडलले पनि वातावरण दिवसको दिन पारेर तरहरामा सरसफाई कार्यक्रम गरेको थियो । त्यस्तै इटहरीमै रहेको बुल्स इलेभेन क्लबले पनि वातावरण दिवसमा विभिद कार्यक्रम गरीएको थियो ।
इटहरी । आधुनिकरणसंगै हराउदै गएका पुराना घरेलु सामाग्रीहरुका विषयमा नयाँ पुस्तालाई जानकारी गराउने उदेश्यले सुनसरीको इटहरी २ को हवाई चोकमा राखिएका पुराना सामाग्रीहरुको प्रयोग आफैले गरेर रमाउने विद्यार्थीहरुको संख्या वढिरहेको छ । पर्यावरणका क्षेत्रमा काम गर्दै आएको वातावरण तथा पर्यावरण संरक्षण केन्द्र नेपाल नामक गैर सरकारी संस्थाले परम्परागत सामाग्री आफैले प्रयोग गर्ने व्यवस्था मिलाएपछि परम्परागत सामाग्रीको प्रर्दशनीमा विद्यार्थीहरुको भिड लाग्न थालेको हो । सहरीकरणसंगै हराउदै गएको गाउँले परिवेशको झल्को दिने गरी तयार पारिएको प्रर्दशनी स्थलमा विद्यार्थीहरुले ढिकीँ ,जाँतो कुट्ने , आगोमा मकै भुट्ने, मोही पार्ने , ओखलीमा पिठो कुट्ने ,इनार बाट पानी निकाल्ने र गुन्द्री बुन्ने जस्ता कार्य गरेको देखिन्छ भने लिंगे पिंग खेल्दै रमाएका थिए । पुर्वकै एक विकसित सहरका रुपमा रहेको इटहरीका कतिपय विद्यार्थीहरुले आफुहरुले यस्ता पुराना सामाग्रीहरु पहिलो पटक देखेको भन्दै आश्यर्च मान्ने गरेको आयोजक संस्थाका अध्यक्ष टंक दहालले जानकारी दिए । उनले पुराना पुस्ताले प्रयोग गर्ने सामाग्रीका विषयमा नयाँ पुस्तालाई जानकारी दिने उदेश्यले राखिएको प्रर्दशनीमा इटहरीका पशुपति वोडिगं स्कुल ,लिटिलफ्लाउस वोडिगं स्कुल ,ब्राइट फ्युचर वोडिगं स्कुलका साथै विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरु आइसकेको अन्य इटहरी वाहिरका विद्यालयका विद्यार्थीहरु समेत आउने भएकाले समय वढाउन लागेको वताए । संस्थागत विद्यालयहरुको छाता संस्था प्याव्सन सुनसरीका अध्यक्ष सुमित थापाले पुराना चालचलनको विषयमा विद्यार्थीहरुलाई जानकारी गराउने कार्य प्रशंसा योग्य भएको वताए । यो प्रर्दशनीमा शुक्रवार सम्ममा एक हजार बढी विद्यार्थीहरुले अवलोकन तथा आफैले प्रयोग गरेका थिए ।