शनिश्चरे । मोरङ पथरीशनिश्चरे ४ मा नगरपालिकाको महिला लक्षित कार्यक्रम अन्तर्गत महिलाहरुलाई सीप प्रवद्र्धनमा प्रोत्साहित गर्दै व्यवसायिक वनाउने योजनाको ३ महिने निःशुल्क बुटिक तालिम सम्पन्न भएको छ ।
मंगलवार तालिम समापनका अवसरमा बोल्दै नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले नगरपालिकाले प्रत्येक वडाबाट ५,५ जनाका दरले उद्यमशील वन्न चाहने महिलालाई उत्प्रेरणा तथा व्यवसायिक व्यवस्थापनको तालिम प्रदान गरिने वताइन् । साथै उनले वडाका २ जनाका दरले अति विपन्नका लागि उनीहरु सुहाउँदो तालिम प्रदान गरेर सीपमुलक तथा व्यवसायिक वनाउने नगरपालिकाको तात्कालिन कार्यक्रम रहेको जनाइन् ।
उनले नगरमा महिलाहरुले ढाका तान बुनाई सहितका विभिन्न प्रकारका सामग्री उत्पादन गर्न प्रोत्साहित गर्दै त्यसको वजार व्यवस्थापनमा नगरपालिकाले सहयोग पुर्याउने वचन दिएकी छन् । सो क्रममा उनले तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिन् ।
कार्यक्रममा वडाध्यक्ष गोविन्दवहादुर भण्डारीले नगरपालिकाले अवको बजेट महिला सहितका ससाना योजनामा छर्ने भन्दा पनि प्रभावकारी योजनामा लगाउने सोच अघि सार्दै गरेको उल्लेख गरेका छन् ।
साविक १५ नम्वर वडा अन्तर्गत हालको ४ नम्वर वडाका लागि छुट्टिएको १ लाख ४० हजार रुपैयाँ वजेटमा ३२ जनालाई तालिम प्रदान गरिएको महिला लक्षित वुटिक तालिमकी संयोजक गंगामाया सावाँले जनाइन् । निर्मला लिम्बूले तालिमको सहजिकरण गरेकी हुन् ।