धनकुटा/सशस्त्र प्रहरी बलको संखुवासभा जिल्लाको खाँदवारी स्थित् अरुण गुल्मको बा.१ झ १६६९ नम्बरको ट्रकमा राखेर अवैध ढंगले विराटनगर तर्फ लादै गरेको सखुवाको काठको सम्वन्धमा सत्यतथ्य पत्ता लगाउन छानविन समिति गठन गरिएको छ ।
नेपाल सरकारले प्रतिवन्द लगाएको सखुवाको काठ अवैध रुपमा लैजादै गर्दा सोमबार राति धनकुटाको मुलघाटमा रहेको सशस्त्र प्रहरी कै चेक पोष्टले सोमवार राती नियन्त्रणमा लिएको थियो ।
सो घट्ना पछि काठ वरामद गरिएको विषयमा छानविन गर्न शसस्त्र प्रहरी वल पकलीका एसपी गुणाकर खनालको संयोजकत्वमा तिन सदस्य छानविन समिति मंगलवार गठन गरिएको छ । छानविन समिति मंगलवार साँझ सत्यतत्य पत्ता लगाउन खाँदवारीको अरुण गुल्म पुगेको संयोजक गुणाकरले वताएका छन् ।
छानविन समितिको सदस्यद्धय गमवहादुर कुँवर र इनेस्पेक्टर भोला खत्री पनि खाँदवारीको अरुण गुल्ममा एसपी खनालसंगै पुगेका छन् । काठ तस्करीको विषयमा शसस्त्र प्रहरी बल पकली वाहिनीका डिआईजी मन्दिप श्रेष्ठले छानविन समितिले अनुशन्धान गरेर प्रतिवेदन सार्वजानिक गरेपछि मात्र वताउन मिल्ने वताए ।
उनले मुलघाटमा शसस्त्र प्रहरीले पक्राउ गरेको काठ जिल्ला वन कार्यालय धनकुटालाई वुझाउने वताएका छन् । अवैधानिक रुपमा काठ शसस्त्रको गाडीमा संखुवासभावाट निकासी गरी विराटनगर तर्फ ल्याउने कार्यमा संलग्न देखिएका अरुण गुल्म संखुवासभाका डिएसपी रामप्रसाद भण्डारीलाई छानविन समितिको रिपोर्टको आधारमा कार्वाही हुने वताएका छन् ।
प्रतिवेदनले “गलत मनसायले काम गरेको ठहरिए काठ तस्करीमा संलग्न जो कसैलाई शसस्त्र प्रहरीको ऐन वमोजिम कार्वाही हुन्छ–”डिआइजी श्रेष्ठले भने । डिर्आजी श्रेष्ठले काठ दिन सहमती जुटाउने सामुदायिक वन उपभोक्ता समुहले पनि के प्रयोजनको लागी के जातका काठ दिने भन्ने लिखित सहमती थियो, सो विषियमा पनि छानविन टोलीले स्थलगत रुपमा छानविन गर्ने वताए ।
काठ तस्करीको विषयमा स्थलगत रुपमा छानविन गर्न संखुवासभाको अरुण गुल्म पुगेका समितिका संयोजक खनालले घट्ना व्याक्तिगत वा अफिसियल पत्ता लगाएर आवश्याक छाविन गर्ने वताएका छन् ।ट्रक जाच्ने क्रममा अवैध रुपमा करिब एक सय क्यूफीट भन्दा वढी सखुवाको काठ लोड गरिएको ट्रक सहित शसस्त्र प्रहरी वल मुलघाटले नियन्त्रणमा लिएको थियो।
प्रहरीले बरामत गरेको काठको बजार मुल्य करिब सात लाख रुपैया बढि हुने दावी गरिएको छ । यता जिल्ला वन कार्यालय धनकुटाका प्रमुख श्रीकृष्ण प्रसाद वस्तीले आफ्नै जिल्लामा लाखौंको काठ वरामद भएर छानविन समिति वनिसक्दा पनि आफुलाई थाहा नभएको प्रतिक्रिया वुधवार दिएका छन् ।
आफु अफिसको कामले विराटनगर गएकोले धनकुटा आएपछि मात्र के भैरहेको हो जानकारी लिने वताएका छन् । यता सामुदायिक वन उपभोक्ता जिल्ला महासंघ धनकुटाका अध्यक्ष राजेन्द्र खड्काले संखुवासभावाट सखुवाको काठ गैह्र कानुनी ढंगले आएको र प्रहरीले पक्राउ गरेको २४ घण्टा वित्दा पनि जिल्ला वन कार्यालयमा जिम्मा नलाउनु गम्भिर विषय भएको वताएका छन् ।
खड्काले वन ऐन अनुसार ओसार पोसारमा प्रतिवन्धित काठ जुन जिल्लामा पक्राउ परेको हो सोही जिल्लाको वन कार्यालयमा प्रहरी प्रशासनले जिम्मा लगाउनु पर्ने कानुनी व्यावस्था रहेको वताएका छन् ।
उनले धनकुटामा सामान्य घर वनाउन प्रयोग गरिने काठ ट्याक्टरमा ओसार पोसार गर्दा देख्ने वित्तिकै प्रक्राउ गरेर जिल्ला वन कार्यालयमा वुझाउने प्रहरीले लाखौ मुल्यको सखुवाको काठ किन पक्राउ गरेन भन्दै धनकुटाका प्रहरी माथि प्रश्न गरेका छन् ।