सुनसरी । जेष्ठ नागरिक १०६ वर्षीया गौरीमाया कटुवाललाई दीर्घ जीवन बाँचेको भन्दै सम्मान गरेको छ ।
कटुवाल हातेमालो एकता समाजले शनिबार इटहरीमा कटुवालहरूको विशेष साधारणसभामा उनी सम्मानित भएकी हुन् ।
इटहरी उपमहानगरपालिका–२, शान्तिनगरकी गौरीमायालाई समाजले दोसल्ला ओढाई सम्मान प्रदान गर्दै सम्पूर्ण कटुवाल समुदायले आशिर्वादसमेत लिने कार्य गरेका थिए ।
कार्यक्रममा ९८ वर्षीय कर्णबहादुर कटुवाललाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा कटुवाल समुदायका द्यौसीभैलो खेल्ने नाट्य कलाकारलाई प्रशंसापत्र प्रदान गरियो भने आजीवन सदस्यहरूलाई समेत सम्मान प्रदान गरिएको थियो ।
१०६ वर्षिय अामा सम्मानीत
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































