पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा बित्तिय कारोवार गदै आएको निर्धन उत्थान बैंकले बित्तिय कारोबार बढाएको छ । २०७० सालमा स्थापना भएको बैंकको कारोवार सुरुमा सन्तोश जनक नभए पनि बितेको चार बर्ष यता राम्रो भएको कार्यालयले जनाएको छ । बैंकले गाउँ–गाउँमा बिभिन्न समुह गठन गरी समुह मार्फत कृषि, पशु, ब्याबसायीक क्षेत्रमा लगानी गर्दै आएको छ । बितेको पाँच बर्ष यता ३ करोड ५० लाख रुपयाँ कर्जा लगानी गरेको बैंकका साखा प्रबंन्धक राम रतन बराहीले बताए । कार्यालयले तीन प्रकारको खाता अन्र्तरगत शैक्षिक बचतका लागी सात प्रतिशत, समृद्धि बचतमा ९ र मुद्धती खाताको लागी १२ प्रतिशत ब्याज दिदै आएको बराहीले बताए । कुम्मायक गाउँपालिकाको पाँचवटै बडा र फाल्गुनन्द गाउँपालिकामा पनि बैंकले समुह मार्फत कर्जा लगानी गर्दै आएको छ । दुबै गाउँपालिकामा समुहमा आबद्ध आठ सय ५० जना सदश्यहरुले बैंकबाट सेवा लिदै आएका छन । अधिकाम्स सदश्यहरुले कृषि, पशुपालनका लागी बैंकबाट कर्जा लाने गरेको कार्यालयले जनाएको छ । बित्तिय कारोवार गर्ने दर्जन बढि बैकिङ संघ सस्थाहरु प्रतिशप्रधामा आएका बेला निर्धन उत्थान बैंकले पछिल्लो समयमा कारोवार बढाएको हो ।