लक्ष्मीमार्ग । गत साल आएको बाढिले मोरङको बेलबारी नगरपालिका वडा नम्बर ५को कसेनी स्थित रहेको लोहोन्द्रा खोलाको पुल बगाएको थियो । पुल मात्र नभएर सुनसरी–मोरङ सिंचाइ आयोजनाको नहर समेत बगाएको थियो । वर्ष दिन बित्न लाग्दा समेत उक्त पुलको निर्माण कार्य पुरा हुन सकेको छैन । निमार्ण कार्य समयमै नहुनाले यस वर्ष १३ हजार हेक्टर खेति योग्य जमिन बाँझै हुने सम्भावना बढेर गएको छ । सो भेगका स्थानिय भने अहिले छेउ छाउमै निर्मित बाँसको पुल र खोला भएरै निर्मित कच्ची बाटोबाट निकै मुस्किलले आवागमन गर्न बाध्य छन् ।

सुनसरी–मोरङ सिंचाइ आयोजनाले बजेट अभावमा निर्माण सुरु हुन नसकेको भन्दै आएको छ । हाल मनसुन सुरु भईसकेको छ मनसुन सुरु संगसंगै स्थानीय त्रसित बन्दै गईरहेको देखिन्छ । सम्बन्धीत निकायले अहिले तुरुन्तै पुल बनाउने चासो देखाएको बुझिदैन । पुल निर्माण नहुदा आवतजावतमा समस्या हुने गरेको स्थानिय टेकनाथ शर्मा बताउछन् ।

एक बर्ष सम्म पनि पुल नबन्दा समस्या हुन थालेको छ । खोलाको पुल मात्रै होईन नहर एवं बस्ती जोगाउन नगरपालिकाले लोहान्द्रा खोलामा २ सय मिटर तटबन्ध निर्माण गर्ने भएको छ । खेति गर्ने सिजन सुरु भए पनि नहर जोगउन समेत सिचाई आयोजनाले चासो देखाएको छैन । सुनसरी मोरङ सिचाई आयोजनाका प्रमुख हरीराम श्रेष्ठका अनुसार ठुलो सम्रचना भएको हुनाले पुल र साईफन एकै पटक निर्माण गर्नुपर्ने हुन्छ कस्तो र कत्रो बनाउने भन्ने विषयमा डिजाईन तयार भईरहेको बताए । प्रमुख श्रेष्ठका अनुसार आगामी आर्थिक बर्षमा सबै प्रकृया पु¥याएर टेण्डर आवहान गरीने बताए ।

पटक पटक सग छलफल गर्दा समेत सुनसरी–मोरङ सिंचाइ आयोजनोले चासो नदेखाएको बेलबारी नगरपालीका वडा नम्बर ५का वडा अध्यक्ष बिश्ब बन्धु बस्नतेले बताए । यो बर्ष पैशा छैन आउदो बर्ष काम गर्छो भन्दै उम्कने गरेको छ । नत सडक डिभिजन कार्यालयले हेर्छ नत सिचाई आयोजनाले हेर्छ अध्यक्ष बस्नेतले भने नगरपालीका तथा वडा कार्यालयले पटक पटक ताकेता गर्दा समेत यि दुई कार्यालयले चासो देखाउदैन ।

तटबन्धन नबन्दा १३ हजार हेक्टर क्षेत्रफल खेति बाजै रहेको छ । बेलबारी नगरपालीकाका वडा नम्बर ५,६,र७ त्यस्तै रंगेलि नगरपालीकाका अधिकाश क्षेत्र तथा कानेपोखरी गाउँपालीकाका दक्षीणी क्षेत्रको भुभाग बाझै रहेको देखिन्छ ।