इटहरी । पथरीकी एक महिलालाई आर्थिक प्रलोभनमा पारी भारत लगेर बन्धक बनाई १५ दिन सम्म जवरजस्ती करणी गरेको खुलसा भएको छ । गत बैशाख २७ गते मोरङकै दुई युवाले भारत लगेर ति महिलालाई बन्धक बनाई जवरजस्ती करणी गरेको खुलसा भएको हो । मोरगं सुनवर्षी नगरपालिका वडानम्वर ४ का ३० वर्षिय शिब यादव र सोही ठाउँका २२ बर्षिय अरवीन्द यादबले भारतमा राम्रो कमाई हुने भन्दै आफुलाई पट्ना हुदै भारत लागेको प्रहरी कार्यलयमा पिडित महिलाले उजुरी दिएको छिन । आफुलाई भारतमा दिनभर बन्धक बनाए पनि रातभर यौनशोषन गर्न गरेको प्रहरी कार्यलयमा उनले वताएकी छिन । प्रहरीलाई यो कुरा सुनाए खोजी खोजी काट्छु भन्दै मलाई करणी गर्यो उनले भनेकी छिन । कोठमा वस्दा खान समेत नदिई याताना दिएको उजुरी प्रहरी कार्यलयमा दिएकी छिन । भारतको हिमाञ्चल प्रदेशमा बन्धक बनाई राखेको महिलालाई गत जेठ १९ गते रिलिफ नेपाल पाउण्डेसन संस्थाकी रविना आतुन लगायतको टोलीले महिलाको उद्धार गरेर नेपाल ल्याएको हो । आफुहरु पुग्दा दुई छोराको आमा महिलालाई कोठामा बन्धक बनाई राखेको अवस्थामा फेला पारी उद्धार गरेको खातुनले वताईन । खातुन भन्छिन् महिलालाई विछिप्त हुने गरी यौन शोषन गरेको आवस्थामा हामीले उद्धार गरेका छौ । नेपालबाट महिला उद्धारको लागी गएको १२ जनाको टोलीले महिला र २ जना छोरालाई उद्धार गरेको उनको भनाई थियो । डेड वर्ष अगाडी पनि सोही युवाले भारतका गेज सरदारलाई म्यासेन्जरबाट केटीहरुको फोटो गरेको रहेछ खातुन भन्छिन् । उनले यस अघि पनि युवतीहरु भारत लगेर यौन शोषन गरे विक्रि गर्ने नियत देखियो । बारम्वार बन्धक कोठमा राखेर कुटपिट गदै यौनशोषन गरेको पाईयो खातुनले भनिन् । महिलाको अवस्था समेत नाजुक भएको उनको भनाई छ । इलाका प्रहरी कार्यलय पथरीका इन्स्पेक्टर विजय श्रेष्ठले दुई युवालाई पक्राउ गरी कार्वार्ही अगाडी बढाएको वताए । अपहरण ,शरिर बन्धक र जवस्तीकरणीमा मुद्धा दायर भएको उनको भनाई थियो । महिलालाई भारतमा लगेर बन्धक बनाई राखेके अवस्थामा महिलाको उद्धार भएको उनले वताए । महिलालाई १५ दिन सम्म भारतमा राखेर याताना तथा यौनशोषन दिएको उजुरी प्रहरी कार्यलयमा परेको उनको भनाई थियो ।