इटहरी । इटहरीको एक महिलालाई नक्कली भिसा देखाई बैदेशिक रोजगारको लागी भारतको बाटो हुदै इराक लाने खोज्ने लागी इलाका लान खोज्ने दुई युवालाई इटहरी प्रहरीले पक्राउ गरेको छ । इटहरी ५ की ३३ बर्षिय मञ्जु लिम्बुलाई भारत हुदै इराक पठाउँन आश्वसन दिने मोरगंका अमृत बहादुर मगर र संखुवासभाका गणेश राउत लाई प्रहरीले सोमबार पक्राउ गरेको हो । पक्राउ परेका दुवै बिरुद्ध लिम्बुले चेलिवेटी बेचबिखनको किटानी जाहेरी दिएकी छिन । लिम्बुले मगरलाई तिन महिना अघि पासपोर्टे दिएकी थिइन । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिव कुमार श्रेष्ठले दुवैको बिषयमा अनुसन्धान भइरहेको बताए ।