धनकुटा । पछिल्लो समयमा धनकुटा लागु औषधको प्रयोगकर्ता अत्याधिक वढेको जनगुनासो स्थानिय प्रहरी प्रशासनमा आइरहँदा धनकुटामा ब्राउन सुगर सहित लागु औषधमा संलग्नतिन युवा शनिबार पक्राउ परेका छन् । धनकुटाको हिलेमा ब्राउन सुगरको बेचविखन भैरहेको भन्ने गोप्य सूचनाको आधारमा धनपा वडा नं.१ कुवापानीमा घर भएकावर्ष २५ का सुमन तामाङ पक्राउ परेका छन् । त्यसैगरी धनकुटा नगरपालिका वडा नं.५ मा वस्ने वर्ष २६ का निश्चल तिवारी र धनकुटा–७ वस्ने वर्ष २४ का केनेडी राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेन्द्रबहादुर गुरुङ्गले वताएका छन् । गुरुङ्गले जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हुन । पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा सुमन तामाङको साथबाट ४ ग्राम, ५० मिलिग्राम वरावरको १६ पोका, निश्चल तिवारीसंग ५ सय ४० मिलिग्राम वरावरको ५ पोका फेला परेको उल्लेख गरिएको छ । साथै सुमन तामाङको जेपबाट नगद ६ हजार, २ सय रुपयाँ वरामत गरिनुको साथै रमेश पौडेलको नाममा रहेको को.२५ प. ६३३८ नम्वरको मोटर साईकल पनि जफत गरिएको वताइएको छ । उनीहरुलाई लागु औषध ऐन अन्तरर्गत अदालतबाट ५ दिनको लागी म्यादथप गरी अनुशन्धान भैरहेको जनाएको छ । त्यसैगरी पत्रकार सम्मेलनमा जेष्ठ २५ गते सिधुवा बजार नजिकै ५० वोट गाँजा नष्ट, २६ गते चौविसे गाउँपालिका वडा नं.७ स्थित् १ सय १५ वोटगाँजा नष्ट र २७ गते शहिद भुमीगाउँपालिका छिन्ताङ्गमा ८० वोट गाँजा नष्ट गरिएको प्रमुख गुरुङ्गले वताएका छन् ।