विराटनगर । मोरङको उर्लावारी नगरपालिका–१ मा पर्ने मिक्लु र ४ मा पर्ने सोल्टी खोलामा ‘च्यानल’ खन्ने नाममा ठेक्दार कम्पनीले चुरे क्षेत्रमा पर्ने खोलामा अवैध रुपमा व्यापक रुपमा दोहन गरिएको पाइएको छ । खोलाले पुर्याउने क्षतिबाट बस्तीलाई जोगाउन तटबन्ध (च्यानल) खन्न गरिएको निर्णय विपरित ठेक्दार कम्पनीले खोला उत्खनन् गरी ढुंगा, गिटी र बालुवा बिक्री गरिएको पाइएको हो । उर्लावारी नगरपालिकाको चैत्र २८ गतेको कार्यपालिकाले बैठकले ४५ लाख रुपिँया बिनियोजन गरी खोलामा च्यानल खनेर डुबान हुने बस्ती बचाउने निर्णय गरेको थियो । तर, निर्णय विपरित ठेक्दार कम्पनीले खोला उत्खनन् गरी ढुंगा, गिटी र बालुवा बिक्री गरिएपछि स्थानीयवासी आक्रोशित बनेका हुन् । उर्लावारी नगरपालिका प्रमुख खड्गबहादुर फागोले कार्यपालिकाले गरेको निर्णय विपरित खोला उत्खनन् गर्नका लागि भूमि कन्ट्रन्सनलाई मौखिक निर्देशनमा बोलपत्र समेत आवन नगरिकन ठेक्का दिएका हुन् । ठेकेदार कम्पनिका मालिक भीमप्रसाद पौडेल र नगरका प्रमुख फागोबीच भएको समझदारीका आधारमा खोलाबाट अवैध उत्खनन् भएको हो । खोलामा च्यानल खन्नकै लागि पनि बोलपत्र आह्वान गर्नुपर्ने र सार्वजानिक सूचनाका आधारमा न्यूनदरमा काम गर्ने ठेकेदारलाई दिनुपर्ने मान्यता रहेको छ । तर, नगर प्रमुख खड्काले मनोमानित रुपमा आफनो नजिकको मान्छे भन्दै ठेक्दार कम्पनीका मालिक पौडललाई मौखिक रुपमा दिर्नेशनको भरमा ठेक्का दिएपछि नगरपालिको उप–प्रुमख लक्ष्मीदेवी भण्डारीसहित वडा अध्यक्ष र सदस्यहरुले व्यापक रुपमा विरोध गर्दै आएका थिए । कार्यपालिकाको निर्णय विपरित प्रमुख फागोले एकलौटी रुपमा खोला उल्खनन् गरेको भन्दै उप–प्रमुख भण्डारीले छानविनका लागि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय मोरङलाई समेत आग्रह गरेकी थिइन् । जिल्ला प्रशासन कार्यालय मोरङले इलाका प्रशासन कार्यालय उर्लावारीका तत्कालिन प्रमुख रामभक्त कुरुवाङ्गको संयोजकत्वमा समिति गठन गरेको थियो । तर, उक्त समितिले हालसम्म प्रतिवेदन बुझाएको छैन । बाँध वा च्यानलको नाममा अवैध उत्खनन् भएको उक्त खोला खन्नका लागि स्थानीय प्रशासनले रोक लगाईसकेपनि खनेर बिक्री भईसकेको खोलाजन्य वस्तुको अध्ययन गरी दोषि देखिएमा बिगो भराउन स्थानीयले माग गर्दै आएका छन् । नगर कार्यपालिकाको बैठकले खोलाको बीच भागमा गहिरो बनाएर दुवै किनारा उठाउने कार्यका लागि ४५ लाख रुपिँया रकम बिनियोजन गरेको थियो । तर, खोलामा भएको ढुंगा, गिटी र बालुवा दुई किनारामा थुपार्नुपर्ने भएपनि सबै बिक्री गरिएको पाइएको जनस्तरको छानविन समितिले सार्वजानिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । वातावरणीय प्रभाव मुल्याकंन समेत नगरिएको मिक्लु र सोल्टी खोलालाई गहि¥याएर दुवै किरानालाई उठाउने भनि निर्णय भएको तीन किलोमिटरमध्ये ढेड किलोमिटर दुरीमा बालुवा, ढुंगा र गिट्टी भएको स्थान मात्रै खनिएपछि स्थानीयले त्यसको छानविन गर्न समिति गठन समेत गरेका छन् । उर्लावारीका गंगाप्रसाद बास्तोलाको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले नगरका प्रमुख फागोले एकलौटी रुपमा मनोमानी ढंगले खोला खन्ने जिम्मा दिइएको निष्कर्ष निकाल्दै उर्लावारीमा बुधबार प्रतिवेदन समेत सार्वजानिक गरेका छन् । नगरपालिकाकै बजेटमा एकहजार ४ सय ६० मिटर दुरीमा उनन्तिस हजार ६ सय ७५ घनमिटरबाट तीनहजार ५ सय ६३ ट्रिपर ढुंगा, गिटी र बालुवा निकालेर बिक्री गरेको स्थानीयस्तरमा गठित जनस्तरको छानविन तथा दवाव समितिको प्रतिवेदनमा उल्लेख छ । यता यस विषयमा उर्लावारी नगरपालिकाका प्रमुख फागोले भने विकास विरोधी गतिविधि बढाउने तत्वले खेलेको प्रतिक्रिया दिए । उनले खोलाको दुई किनारामा थुपार्नुपर्ने खोलाजन्य वस्तु उर्लावारीका सडक निर्माणका लागि प्रयोग गर्ने आफ्नो मनसाय रहेको प्रतिक्रिया दिए । सडक बनाउने सामाग्री छैन, खोलाबाट निकालिएको ढुंगा, गिटी र बालुवा किरानामा थुपार्दा अर्कोवर्ष उस्तै अवस्था हुने उनको भनाई छ । मोरङको क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य कुशल साँम्बाले अवैध रुपमा भएको उत्खनन् रोक्न वडास्तरीय खबरदारी समिति बनाउनुपर्ने बताए । नागरिकस्तरबाटै खबरदारी नभएमा प्राकृतिक स्रोतको अवैध दोहन रोक्न नसक्ने अवस्था आएको उनले बताए ।