धनकुटा । आ.व.०७४/०७५ देखी निर्माण कार्य शुरु गरिएको धनकुटा नगरपालिका वडा नं. ४ मा स्कुल डाँडामा रहेको ह्रिन्छेन छ्योलिङ्ग वौद्ध गुम्वा निर्माणको लागी आर्थिक सहयोग प्राप्त भइरहेको गुम्वा व्यावस्थापन समितिले जनाएको छ । गुम्वा व्यावस्थान समितिकाअध्यक्ष राधा वाईवा तामाङले गुम्वा निर्माणको लागी जेष्ठ मसान्तसम्ममा २६ गतेसम्ममा १२ लाख, १३ हजार, ५ सय, ७६ रुपयाँ आर्थिक सहयोग रकम संकलन भसकेको वताएका छन् । जस अन्तर्गत धनकुटा नगरपालिकाले आ.व.०७४/०७५ मा गुम्वा निर्माणकालागी ५ लाख, गुम्वासम्म जाने वाटो निर्माणको लागी २ लाख गरी जम्मा७लाख रुपयाँउपलव्ध गराएको अध्यक्षवाईवाले ब्लाष्टलाई वताएकी छन् । त्यसैगरी गुम्वा निर्माणको लागी युके निवासी मैतीमाया घिसिङ्ग, डम्वरवहादुर सिजाली मगरबाट ५२ हजार, उमा सिजाली मगर र दिपा सिजाली मगरवाट ५० हजार, धनपा–४ स्कुल डाँडा निवासी इमानसिंह वाईवाबाट १ लाख, १ सय, ५ रुपयाँ, नविन वैद्य तामाङबाट ५० हजार, १ सय, ५ रुपयाँ, लखीमाया ब्लोनवाट ५० हजार, १५ रुपयाँ, गोविन्दवहादुर थापा २५ हजार, धनपा–६ जिन्लाव दोर्जे लामा २५ हजार रकम संकलनभएको जनाइएको छ । त्यसैगरी गुम्वा निर्माणको लागी थप सहयोग जापान निवासी रेख वहादुर ब्लोन तामाङबाट २० हजार, २५ रुपयाँ, धनपा–४ का धनवहादुर खड्का १० हजार, १ सय, ५ रुपयाँ, वडा सदस्य एवं धनपा–४ देव्रेवास निवासीहोम प्रसाद अधिकारी ११ हजार, १ सय, ११ रुपयाँ, संन्जु तामाङ १० हजार, धनपा–३ गोपालपाख्रीन १० हजार, ४ सय, धनपा–४ का चन्द्र वहादुर ब्लोन १० हजार, धनपा–६ निवासी कुलवहादुर तितुङ तामाङ १० हजार, नरेश पाख्रीन तामाङ, १० हजार, किशोर वैद्य तामाङ, ७ हजार, धनपा–४ सुन्दर लक्ष्मी तामाङ ७ हजार लगायतबाट आर्थिक सहयोग प्राप्त भएको गुम्वा व्यावस्थापन समितिका अध्यक्ष राधा वाईवा तामाङले वताएका छन् । उनले हालसम्म धनकुटा नगरपािलकाबाट ७ लाख र अन्य संघ संस्था र समुदायवाट संकलन गरिएको ५ लाख, १३ हजार, ५ सय, ७६ गरी जम्मा १२ लाख, १३ हजार, ५ सय ७६ रुपयाँआर्थिक सहयोग जुटेको वताएकी छन् । गुम्वा निर्माणको लागी सवै खाले स्थानिय समुदायवाट आर्थिक सहयोग प्राप्त भैरहेको भन्दै तामाङले सहयोगी मनहरुलाई धन्यावद दिदै खुशि समेत व्यक्त गरेकी छन् । अध्यक्ष तामाङले गुम्वा निर्माण कार्य निरन्तर रुपमा अघि वढाउन आर्थिक अभाव भैरहेकोले सहयोगकालागी स्थानिय सरकार, सरोकारवाला सामाजिक संघ–संस्था, गुम्वाविकास समिति, नेपालपर्यटनवोर्ड, धनकुटा नगरपालिकामा समेत प्रस्ताव पेश गरेर अनुरोध गरिएको वताएकी छन् । उनले आगामीआर्थिक वर्षमा जसरी भएपनि गुम्वाको वाहिरी स्टक्चर निर्माण गरि सक्ने दावी गरेका छन् ।