पथरी । अपराध अनुसन्धान र नियन्त्रणमा सहयोग पु¥याउने उदेश्यले पथरीशनिश्चरे–१ स्थीत बजारमा तीन बर्ष अघि जडान गरिएका आधा दर्जन सिक्यामेरा प्रयोग विहिन बन्दै आएका छन् । स्थानीयहरुको आर्थिक सहयोग र इलाका प्रहरी कार्यालय पथरीको पहलमा बजार भित्रको सुरक्षा व्यवस्था चुस्त, निगरानी राख्न जडान गरिएको सिसिक्यामेराको बिभिन्न ठाउँमा तार चुटिएपछि प्रयोग बिहिन भएको हो । म्यामेरा १ बर्ष अघि देखि बिग्रिए पनि सम्बन्धित निकायले चासो नदिएपछि अहिले सम्म बन्न सकेको छैन । बिग्रेको बर्ष दिन बित्न लाग्दा पनि मर्मत नहुँदा ती सिसी क्यामेरा थोत्रिएका छन् भने शान्ति सुरक्षाको दृष्टिकोणले समेत जोखिम बढेको छ । तर बिगे्रको एक बर्ष हुनलाग्दा पनि ती सिसी क्यामेरा चालू गर्न पहल गरिएको छैन । पथरी बजार क्षेत्रको शान्ति सुरक्षाका लागि तीन ठाउँमा सिसिक्यामेरा जडान गरिएको थियो । पूर्वपश्चिम राजमार्गको जातेमोडमा दुईवटा, त्रिवेणी चौकमा दुईवटा र पुरानो वाणिज्य बैंङको चौकमा दुईवटा गरी जम्मा ६ वटा सिसिक्यामेरा जडान गरी संचालनमा थियो । अहिले ती सवै प्रयोग विहिन छन् । प्रयोग विहिन भएकोले खिया लाग्दै, थोत्रा भएर पुरानो हुदै गएको छ । समितिले व्यापारी,विदेश गएकाहरु र स्थानीयहरुबाट साढे छ लाख रकम संकलन गरी करीब ७ लाख रुपैया लागतको बराबरमा जडान गरेको र रकम अझै नपुगेको समितिका अध्यक्ष धनकुमार तामाङले बताए । उति वेला समितिको जम्मा बजार भरी १६ स्थानमा राख्ने योजना रहेको थियो । वडा नं. २ बुद्ध चौक र वडा नं. १० को मंगलबारे सम्म राख्ने योजना रहेको भएपनि समितिमा समस्या आएपछि मर्मत देखि जडान गर्ने काम सम्म स्थगीत भएको अध्यक्ष तामाङले बताए । पथरीशनिश्चरे नगरपालिकाले आर्थिक बर्ष २०७४÷०७५मा सिसिक्यामेरा जडानको लागी विनियोजन गरेको रकम फ्रिज भएको छ । स्थानीय तथा समितिको ५ लाख र नगरपालिकाको ५ लाख गरी १० लाखमा काम सम्पन्न हुने गरी समितिले नगरपालिकासंग सम्झौता गरेपनि समितिले काम नर्गदा बजेट फ्रिज भएको हो । नगरपालिकाले बजेट छुट्याए पनि नगरपालिकाको वेतिथि र राजनितिक कारणले काम गर्न नसिकिएको अध्यक्ष तामाङले बताए । यसमा समितिको पनि कमीकम्जोरी रहेको छ । अव यस सिसिक्यामेराको काम वडाकार्यालयले जिम्मा लिएर मर्मत सम्भार रेखदेख गरी योजना अनुसार काम गरी सिसिक्यामेरा चालु गर्नु पर्ने तामाङले बताए । स्थानीय नागरीकहरुको उपस्थीत भेलाले पथरीशनिश्चे नगर सुरक्षा समिति गठन गरी काम सुरु गरेका थिए । समितिको अध्यक्षमा धनकुमार तामाङ छन् । समितिका उपाध्यक्षमा यामुना बिष्ट रहेका छन् । गत स्थानीय तहमा समितिका उपाध्यक्ष उपमेयरमा नेकपा एमालेबाट बिजयी भएका थिए । भने समितिका अध्यक्ष तामाङ वडा नम्बर १ मा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा पराजीत भएका थिए । समितिका उपाध्यक्ष बिष्ट नगरपालिकाको उपमेयर भएर एक बर्ष बित्न लाग्दा पनि सिसिक्यामेरा मर्मतमा ध्यान नजादा स्थानीय व्यापारीहरुको विश्वास घट्दै आएको स्थानीयहरु बताउँछन् । नगरको उपमेयर भएपछि सवै काम समितिका अध्यक्ष धनकुमार तामाङ र वडा नं. १० का वडाअध्यक्ष सागर राईलाई जिम्मा लगाएको हो । हामीले नगरमा सिसिक्यामेराको लागी पटक पटक बोलाउँदा पनि उहाँहरु आउनु भएना त्यसैले सिसिक्यामेरा बन्न नसकेको समितिका उपाध्यक्ष तथा नगरपालिकाका उपमेयर यामुना विष्ट बताए । उनले भने–‘यसको निकास चाडैँ निकाल्नु पर्छ, यदि उहाँहरु गर्नुहुन्न भने नगरलाई जिम्मा लगाउनु पर्छ ।’