ताप्लेजुङ । सरकारले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको विरोधमा नेपाल विद्यार्थी संघले विहिवार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रधानमन्त्रि केपि शर्मा ओलीको पुत्ला दोहन गरेको छ । गत सातादेखि चरणबद्ध आन्दोलन गरिरहेका विद्यार्थीहरुले सदरमुकाम फुङलिङमा प्रदर्शन गर्दै प्रधानमन्त्रिको पुत्ला दोहान गरेकाहुन् । यसै विच पुत्ला दोहन गर्ने यस अघि कै कार्यक्रम रहेको सुर्इँको प्रहरी प्रशाशनले थाहापाए पछि वेलुकाको भनिएको कार्यक्रमआन्दोलनकारीले प्रहरी प्रशाशनलाई झुक्याउँदै विहानै गरेका छन् । सरकारले पटकपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दै देशलाई कालाबजारी र माफियाको चंगुलमा फसाएर दैनिक उपभोग्य वस्तुमा समेत मूल्य वृद्धि गराउने योजनामा लागेको भन्दै त्यसको विरोधमा नेपाल विद्यार्थी संघ आन्दोलित भएको नेवि संघ ताप्लेजुङका सभापति डम्वर हाङगामले जानकारी दिए । आन्दोलनको कार्यक्रम अन्र्तगत यस अघि पनि विभिन्न विरोधका कार्यक्रम गरेको थियो । आज गरेको पुत्ला दोहनको कार्यक्रममा प्रहरीले ढिलो गरि नियन्त्रणमा लिएको थियो ।