शनिश्चरे । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा भएका सार्वजनिक जग्गा अतिक्रमणबाट जोगाई त्यसको संरक्षण र उपयोगका लागि पहल थालिने भएको छ ।
नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा वसेको नगर कार्यपालिकाको वुधवारको पछिल्लो वैठकले नगरपालिका कार्र्यालय र वडा कार्यालय भवन निर्माण तथा अन्य परियोजना सञ्चालनका लागि सार्वजनिक जग्गा यकिन गरी त्यसको संरक्षण गर्ने निर्णय गरेको हो ।
संघको अर्थ मन्त्रालयबाट वित्तिय समानिकरण अनुदान र राजस्व वाँडफाँडबाट २५ करोड २ लाख १७ हजार रुपैयाँ नगरपालिकाका लागि अनुमानित बजेट पठाएको बारेमा समेत बैठकमा जानकारी गराइएको छ । बैठकले, स्रोत व्यवस्थापन समेतलाई ध्यान दिई बजेट तर्जुमा गर्न आवश्यक गृहकार्य गरी आगामि कार्यपालिकाको बैठकलमा वडाहरुका लागि बजेटको सिलिङ तय गर्ने सहित ७ वटा वुँदामा निर्णय गरेको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए ।