इटहरी । इटहरी उपमाहानगरपालिकाले सप्तकोशी एफएम मार्फत चलाएको हेल्लो मेयर कार्यक्रममा प्रत्येक महिना दोहरीने प्रश्नमा इटहरीका मेयर द्धारिकलाल चौधरीको एउटै उत्तर हुने गरेको छ । प्रत्यक्ष सवाल जवाफ गरिने कार्यक्रम हेल्लो मेयरमा अधिकांस इटहरीका जनताको चासोको विषय इटहरीमा सार्बजनिक शौचालय र ट्ग्रा पुलको जामको बारेमा चासो राखे पनि समस्याको विषयमा उपमहानगरले भने चासो देखाउँदैन । इटहरी उपमाहानगरपालिकाको सुशासन, जवाफदेहिता र पारदर्शीताको सवालमा मेयर चौधरी सँग जनताको प्रत्यक्ष कुराकानी गर्ने हेल्लो मेयर प्रत्येक महिनाको अन्तिम शनिवार हुदै आएको छ । तर उक्त कार्यक्रममा जनताको प्रश्नमा मेयर चौधरीले एउटै उत्तर दिदै आएका छन । समस्याको विषयमा भने बहस सम्म नगरेको इटहरीबासीको गुनासो छ । हेल्लो मेयर कार्यक्रम सञ्चालक पत्रकार अर्जुन सुवेदी भन्छन् जनताले महिनै पिच्चे सार्वजनिक शौचालय र ट्ग्रा पुलका बारेमा भने धेरै प्रश्न आउँने गरेको सुनाए । इटहरीका बिकास खड्काले मेयरलाई सोधेः मेयर सायब इटहरीको टेंगा्र पुलमा महिनौ देखी जाम हुने गरेको छ । यो समस्या कहिले हट्छ ? उनको प्रश्नमा उत्तर दिदै मेयरले भने यो नगरपालिकाको अधिकारको कुरा होइन , सडक बिभागको अधिकारको कुरा हो हामी स्थानिय सरकारको हैसियतले समन्वय भने गर्न सक्छौ । यो समस्या केही हप्तापछी समाधान होला किन भने पुलको दायाबाया रेलिङको काम अन्तिम चरणमा पुगेको छ । त्यस्तै इटहरीकै उमेश रेग्मीले हेल्लो मेयरमा भने इटहरी बजारमा सार्वजनिक शौचालयको अभाव छ जनताले कहिले सम्म समस्या भोग्ने ? मेयर भन्छन् यसका लागी हामीले खानेपानी तथा सरसफाइ कार्यलय संग समन्वय गरेर इटहरीको पूर्वलाइन र पश्चिमलाइनमा शौचालय बनाउने प्रयासमा छौ । पछिल्लो एक महिनाको अवधीमा उपमाहानगरपालिकाले के के काम गर्यो ? बर्ष दिन नपुग्दै ४ जना प्रमुख प्रशासकीय अधिकृत फेरिनु भयो । यसले काम गराइमा के असर पारेको छ ? भन्दै मेयरलाई प्रश्न गरेका थिए ।
इटहरीकै दिपक केसी इटहरी ४ बाट सोधे उपमहानगरपालिकाका भएको सिफएल प्रकरणको अनुसन्धान के भैरहेको छ ? सवाल जबाफमा मेयरले भने जनप्रतिनिधि आइसकेकपछी भएको यो प्रकरणमा अहिले अख्तियारमा अनुसन्धान भैरहेको छ । हामी जनप्रतिनिधि संगपनि अख्तियारले छलफल गरेको छ । यो अनुसन्धानकै क्रममा रहेकाले चाडै निष्कर्ष आउनेमा म ढुक्क छु । इटहरी हलगडाबाट राजन कोइराला सोधे खेतीखोला सफाइ अभियान रोकिएको हो ? मेयरले भने यो अभियान रोकिएको छैन । खोला मिचेर बनाइएको संरचना भत्काइने क्रम जारी छ । यो अभियान रोकिएको हैन । खोला मिचेर जस्ले जस्ले संरचना बनाएको छ उ आफैलाइ भत्काउन समय दिइएको हो । किन भने नगरपालिका आफैले भत्काउदा खर्च र समय धेरै लाग्ने भएकाले यस्तो गरिएको हो ।