धनकुटा । धनकुटा–४ मा निर्माणाधीन रिन्छेन छ्योलिङ बौद्ध गुम्बालाई आर्थिक सहयोग जुटेको छ । गुम्बा व्यवस्थापन समितिकी अध्यक्ष राधा वाईवा तामाङका अनुसार १२ लाख, १३ हजार, ५ सय, ७६ रुपैयाँ आर्थिक सहयोग संकलन भएको हो । ०७४ सालदेखि निर्माण थालिएको गुम्बा निर्माणाधीन अवस्थामा छ । नगरपालिकाले गुम्बा निर्माणका.लागि ५ लाख, गुम्बासम्म जाने बाटो निर्माणका लागि २ लाख सहयोग गरेको वाईवाले बताइन् । विदेशमा रहेका धनकुटावासी तथा अन्य जिल्लावासीले गुम्बा निर्माणमा सहयोग गरेका छन् । युके निवासी मैतीमाया घिसिङ, डम्बरबहादुर सिंजाली मगरबाट ५२ हजार, उमा सिंजाली मगर र दिपा सिंजाली मगरबाट ५० हजार, धनकुटा–४ का इमानसिंह वाईवाबाट १ लाख १ सय, ५ रुपयौँ, नविन वैद्य तामाङबाट ५० हजार, १ सय ५ रुपैयाँ, लखीमाया ब्लोनबाट ५० हजार १५ रुपैयाँ आर्थिक सहयोग भएको छ । गुम्बा निर्माणका लागि आर्थिक सहयोग गर्न अन्य संघसंस्थाहरुलाई पनि अध्यक्षले आग्रह गरेकी छन् । हाल बेलायत, जापानलगायत देशमा रहेका नेपालीबाट पनि सहयोग भइरहेको छ ।