जिरोपोइन्ट । मृगौला पीडित उसु प्रशिक्षक बिकी राईलाई शुक्रबार धरान १५ स्थित टोल विकास संस्थाले आर्थिक सहयोग गरेको छ । संस्थाको पहलमा पीडित राईलाई ५० हजार १० रुपैया आर्थिक सहयोग गरिएको हो । संस्थाले २१ हजार ५ सय ५ रुपैयाँ, बगरकोट व्यावसायी संघले ८ हजार २ सय २५ रुपैयाँ, अरनिको-अनुनयन-चण्डीका मार्गले ८ हजार ५० रुपैयाँ संकलन गरी सहयोग गरेको हो । त्यस्तै मास्के मार्गले ६ हजार २ सय १५ रुपैयाँ, पाथीभरा लाइनले ६ हजार १५ रुपैयाँसंकलन गरी सहयोग गरेको हो । संस्थाका अध्यक्ष रमेश गजमेरको नेतृत्वमा रकम हस्तान्तरण गरियो । अहिले राईले सातामा दुईपटक डायलसिस गरिरहेका छन् । चिकित्सकले मृगौला प्रत्योरोपण एकमात्रै बिकल्प भएको जानकारी दिएको पीडित राईले बताए । मृगौला प्रत्यारोपणका लागि भारतको चेन्नईजाने तयारी गरेका छन् । प्रत्यारोपणको लागि करिव २० लाख रुपैया लाग्ने बताइएको छ । उनलाई आफ्नै भाइले मृगौला दिने भएका छन् । हाल उनले प्रशिक्षणसमेत गराएका छैनन् । खेलमा योगदान दिएका राईलाई खेलकुद परिषद्ले वेवास्ता गरेकोमा दुखेसो उनले पोखे । उनले काठमाडौं र विराटनगरमा साताको दुईपटक गरी ३६ पटक डायलसिस गरिसकेका छन् ।४१ वर्षीय राईको एक छोरी र श्रीमती रहेको छ । ८ वर्षदेखि उनी स्वयमसेवक प्रशिक्षकको रुपमा रहेका छन् ।