विराटनगर । १ नम्बर प्रदेश सरकारले प्रदेश प्रहरीलाई विभिन्न सामाग्री उपलब्ध गराएको छ । ‘जनतासँग प्रहरी कार्यक्रम’ लाई थप प्रभावकारी बनाउन आन्तरिक मामिला तथा कानून मन्त्रालय उक्त समाग्री उपलब्ध गराएको हो ।

प्रदेश सरकारले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरलाई प्रदेश सरकारले सवारी साधन गति मापन यन्त्र (र्याडर गन) पाँच थान, नागरिक सहयोगी जर्सी १ हजार थान, प्रहरी चौकीलाई १ सय थान मोवायल, ब्रेथलाइट २० थान र माक्स २ हजार थान उपलब्धा गराएको छ ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रदेश प्रहरी प्रमुख डिआइजी केदार रिजाललाई सामाग्री वितरण गरेका थिए ।