इलाम । इलाम नगरपालिका वार्ड नं ७ इलाम बजारका अधिकाशं औषधी फार्मेसीहरुमा डाक्टरको प्रस्कीप्सनमा मात्र नरकोरिक औषधीहरुको विक्री वितरण पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय,जिल्ला जनस्वास्थ्य कार्यालय,जिल्ला प्रहरी कार्यालय,शसस्त्र प्रहरी बल श्रीअन्तु गुल्म,इलाम नगरपालिका,सात नम्बर वडा कार्यालय,उद्योग वाणिज्य संघ र पत्रकारहरुको संयुक्त टोलीले औषधी पसलहरुको अनुगमन गरेको हो । जसमा औषधी पसल,व्यवसाय संचालन इजाजत लिए वा नलिएको, स्थायी लेखा नम्बर,व्वसायी दर्ता नविकरण लगायत औषधीको विक्री वितरणमा विल लिने दिने भए नभएको र औषधीको अवस्था बारेमा अनुगमन गरिएको थियो ।
इलाम पोलिक्लीनिक,द मेडिकल,जनसेवा मेडिकल,इलाम अस्पतालको फार्मेसी,पद्मा लक्ष्मी मेडिकल हल,जगुरमुखी मेडिकल हल,दुर्गा मेडिकल हल,माई मेडिकल र ओम शिव मेडिकल हल गरि नौ वटा औषधी पसलहरुको अनुगमन गरिएको थियो । अनुगमनमा जिल्ला अस्पताल इलामको फार्मेसी भने अस्पतालको नियन्त्रणमा संचालन भएकाले विल लिने दिने गरेको बाहेक सबै मेडिकलहरुको साइन वोर्ड रहेको,व्यवसाय दर्ता,व्यवसाय इजाजत पत्र लिएर मात्र संचालन भएको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय इलामका सहायक प्रमुख जिल्ला अधिकारी सफल पोर्तेलले इलामका औषधि पसलहरुमा अनियमित ढंगले औषधीको विक्री वितरण नभएको बताएका छन् । उनले औषधी पसलहरुको अनुगमनमा म्याद नागेका र म्यान ननाघेका औषधहिरुलाई छुट्टाछुट्टै राखेको पाइएको बताए । तर कानुनमा नभएतापनि म्याद ननाघेका औषधी छुट्टै भण्डारण गर्नुपर्ने,औषधीकाका खोलमा म्याद जाने मिति अनिवार्य लेख्नुपर्नेमा जोड दिएको बताए । उनले नरकोटिक औषधीहरु लागूपदार्थ दुव्र्यसनका रुपमा प्रयोग हुने र यो मानसिक रोगीले प्रयोग गर्ने भएकाले यस्ता औषधी विक्री गर्दा डाक्टरको प्रेस्कीप्सनको फोटोकपी राख्ने व्यवस्था मिलाउन सुझाव दिएको बताए । अनुगमन गर्दा कुनै पनि औषधी पसलहूको कारोबार रोक्का नहुनु,औषधी जफत नगर्नुमा यस अघिका अनुगमनबाट राम्रो प्रभाव देखिएको उनको भनाई छ ।