संखुवासभा । जिल्ला सदरमुकाम खाँदबारी स्थित हिमालय माध्यमिक विद्यालयका ७७६ विद्यार्थीहरुको निशुल्क आँखा परिक्षण गरिएको छ । खाँदबारी नगरपालिका वडा नं. १ को आयोजना तथा नेपाल नत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारीको सहयोगमा परिक्षण गरिएको छ । सहभागी विद्यार्थी मध्ये ३३ जना विद्यार्थीमा समस्या देखिएको र उनीहरुलाई उपचारको लागि तेजरत्न उपचार केन्द्रमा रेफर गरिएको छ । विद्यालयको समन्वय तथा वडाध्यक्ष निरञ्जन श्रेष्ठको उपस्थितीमा विद्यार्थीहरुको आँखा परिक्षण गरिएको हो । उपचार केन्द्रले जिल्लाको विभिन्न स्थानमा यस्ता शिविरहरु सञ्चालन गर्दै आएको छ ।