धनकुटा । पाख्रिबास नगरपालिका वडा नं. ४ स्थित कञ्चन्जंघा कन्ट्रक्सन कन्ट्रक्सनको कार्यालय परिषरमा मंगलवार राती शंकास्पद वस्तु फेला परेको छ । मध्य पहाडी पुष्पलाल लोकमार्गको निर्माणको जिम्मा लिएको कञ्चन्जंघा कम्पनीले प्रयोग गर्ने जेसीवि मेसिनको छेउमा शंकास्पत वस्तु फेला परेको प्रहरीले जानकारी दिएको छ । शंकास्पद वस्तुलाई श्री नं.२ वाहिनी अड्डा हिले स्थित् नेपाली सेनाको डिष्पोजल टोलीले वुधवार बिहान साढे ७ बजे निस्कृय पारेको छ । खबर पाएपछि पाख्रिबासस्थित प्रहरी चौकीबाट सुरक्षाकर्मी वुधवार राती १ वजे घटनास्थल पुगेको र जिल्ला प्ररही कार्यालयवाट २ वजे प्रहरी टोली पुगेको जिल्ला प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिएका छन् । पाख्रीवास नगरपालिका वडा नं.४ का ज्ञानबहादुर बस्नेतको घरमा रहेको कम्पनीको कार्यालय अगाडी अन्य निर्माण सामाग्री पनि राखिएका थिए । खतरा लेखेर कपडामा बेरिएर राखिएको वस्तुलाई घटनास्थलबाट केहि पर खोल्सामा सेनाले निस्कृय पारेको थियो । स्थानीयबासीका अनुसार वस्तु निस्कृय पार्दा विष्फोटनको ठुलो आवाज आएको थियो । बम रहेको हल्लाका कारण हिले लेगुवा भोजपुर सडकमा वुभवार बिहान २ घण्टा यातायात अवरुद्ध भएको थियो । संकास्पत वस्तु निस्कृय पारिएपछि यातायात सहज बनेको थियो । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बम राखेको हुनसक्ने प्रहरीको आशंका छ । पाख्रीवास–लेगुवा सडक निर्माणका क्रममा कञ्चनजंघा कन्ट्रक्सन कम्पनीले सडक निर्माणको काममा लापरबाही गरेको भन्दै यस अघि विप्लव समुहले निर्माण कम्पनीलाई कारबाहीको चेतावनी दिएको समचार स्रोतले दावी गरेको छ ।