इटहरी । इटहरी–१ पश्चिम टोलकी ५ वर्षीय बालिका अपेक्षा लिम्वुको सौतेनी आमाले हत्या गरेको भन्दै इलाका प्रहरी कार्यलय इटहरीमा उजुरी परेको छ । असार २ गते आफ्नै घरमा मृत भेटिएकी अपेक्षाको शरीरमा निलडाम र निधारमा समेत टुटुल्का भेटिएकोले हत्या गरेको हुन सक्ने भन्दै मृतकी मावली हजुरआमाले इलाका प्रहरी कार्यलय इटहरीमा उजुरी दिएकी हुन । मृतककी आमा योजान लुईटेल गत कार्तिकदेखि बैदेशिक रोजगारीरको लागी विदेशमा छिन् । आफ्नो आमा विदेशमा भएको बेला र बाबु अर्जुन लिम्वु पनि घरमा नभएको बेला मृतकी सौतेनी आमा उमा माझिले नातिनी अपेक्षाको हत्या गरेको भन्दै प्रहरीमा उजुरी दिएको इटहरी ५ की मृतकी हजुरआमा राधिका लुईटेलले वताईन् । टाउँकोमा घाटीमा चोट लागेको देखियो, अर्जुन र सौतेनी आमा उमाले धरान अस्पताल लगेर हत्तार हत्तार ल्याउँन खोज्दा अस्पतालले लास ल्याउँन नदिएको उनको भनाई छ । मलाई समेत थाहान नदिई वालिकालाई अस्पताल लगिएको रहेछ उनले थपिन् । असार एक गते राती सौतेनी आमा उमा ९ बजे छिमेकीकोमा बसेको बताउँदै आएकी छिन । बुबा अर्जुन बल्डकप फुटबल हेर्न साथी कहाँ गएका । त्यो दिन मृतक वालिका एक्लै घरमा सुतेको परिवारले वताउँदै आएको छ । २ गते नै इलाका प्रहरी कार्यलयमा गएर उजुरी हालेको मृतक वालिकाको मावली हजुरआमा लुईटेलको भनाई छ । ज्वाईले नातीनीलाई राम्रो ब्यावहार गर्ने गरेको भए पनि सौतनी आमाले भने घृणा गदै आएको कारण उनले नै मारेको हुन सक्ने भन्दै अनुसन्धान गर्ने माग गरेकी हुन । सानो नानीलाई घरमा एक्लै छोडेर गएको नाटक रची हत्या गरेको हुन सक्ने उनको अनुमान छ । उमा सँग अर्जुनले एक वर्ष अगाडी विवाह गरेका थिए । अर्जुन लिम्वु विदेशबाट आएकै दिन विवाह गरेका थिए । ४ बर्ष देखि मावली घरमा बस्दै आएकी वालिकालाई अर्जुन विदेशबाट आए सँगै घर लगेका थिए । ज्वाई विदेशमा थिए त्यही बेला छोरी विदेश गएका थिईन लुईटलले भनिन् । धरान स्थित विपि कोईराला विज्ञान प्रतिष्ठानले रहस्यमय घट्ना छ जे गर्छ इटहरी प्रहरीले गर्छ भने पछि प्रहरी कार्यलयमा उजुरी हाले उनले थपिन् । अहिले नानीको पोष्टमाटम भएको छ रिपोर्ट आएको छैन मृतककी मावली हजुरआमा लुईटेल भन्छिन् । यता मृतककी बुबा अर्जुन र सौतेनी आमा उमाले भने घट्ना भबितब्य भएको भन्दै प्रहरीमा उजुरी दिएका छन । विरामी भएकै कारण मृत्यु भएको र उनको हत्या नभएको दाबी सहित इलाका प्रहरी कार्यलय इटहरीमा उजुरी दिएका छन । उनीहरुले भने वालिकाको हत्या नभई भबितब्य घट्नाले मृत्यु भएको दावी गदै आएका छन । आफुहरुले नानीको हत्या नगरेको दाबी गदै विहान ७ बजे बोलाउँदा चिसो भेटिए पछि अस्पताल सम्म लगेको उनीहरुले प्रहरी समक्ष लिखित उजुरी दिएका छन । उता इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी शिवकुमार श्रेष्ठले भने घट्नाको अनुसन्धान भईरहेको वताए । २ गते विहान मृत भेटिएकी वालिकाको पोष्टमाटम धरान स्थित विपि कोईराला विज्ञान प्रतिष्ठानमा हुदै छ रिपोर्ट नआई बोल्न सकिन्न डिएसपी श्रेष्ठले भने । घट्ना शंकास्मत रहेको भन्दै उजुरी परे पछि अनुसन्धान अगाडी बढाएको छौ डिएसपी श्रेष्ठले भने ।