इटहरी । मङ्गलबार इटहरीमा एक व्यक्तिको शव फेला परेको छ । इटहरी– ९ स्थित दीपेन्द्र चोकमा सडकनजिक रामधुनी नगरपालिकाका अन्दाजी ५१ वर्षीय राम भट्टराईको शव फेला परेको हो । शवको नजिकै बोरामा जिउँदो सर्प भेटिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । भट्टराईको मृत्यु सर्पको डसाइका कारण भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन ।