[caption id="attachment_85349" align="alignnone" width="1024"] तस्विर उपेन्द्र चाम्लिङ[/caption]

विजयपुर/धरान उपमहानगरपालिकाले स्थानीय सञ्चारमाध्यमलाई सवल बनाउदै पत्रकारहरुलाई खोजमुलक पत्रकारीता गर्न प्रोत्साह गर्ने भएको छ ।स्थानिय सञ्चारमाध्यमलाई सवल बनाउदै खोजमुलक पत्रकारीता गर्न उपमहानगरले बजेटपनि ब्यबस्था गर्ने भएको छ । बिहिबार धरान उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७५÷७८को निती कार्यक्रम तथा बजेट निर्माणका बिषयमा आयोजित अन्र्तकृयामा बोल्दै उपमहानगरपालिकाकी उप प्रमुख मञ्जु भण्डारी सुबेदीले खोजमुलक पत्रकारीताले नगरको निती निर्माण र समग्र बिकासमा सहयोग पुग्ने बताईन् ।

धरान उपमहानगरपालिकाले चालु आर्थिक बर्ष २०७४÷७५बाटै खोजमुलक पत्रकारीतालाई प्राथमिकता दिएको छ । धरानका मेयर तारा सुब्बाले संमृद्ध धरानको महत्वपुर्ण सुचक सञ्चारक्षेत्र भएको भन्दै सञ्चारक्षेत्रलाई अनुसन्धानात्मक कार्यमा प्रेरित गर्नु पर्ने बताएका थिए । अन्र्तकृयामा बोल्दै अग्रज पत्रकार हर्ष सुब्बाले पत्रकारहरुलाई खोजमुलक समाचारमा प्रेरित गर्नेगरि ल्याइएका कार्यक्रम उपलब्धिमुलक हुने बताए । उनले मिडिया रिसर्च सेन्टर स्थापना गरेर खोजमुलक पत्रकारीतालाई सञ्चालन गर्न सकिने बताए ।

पत्रकार महासघं सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले सञ्चार क्षेत्रप्रति धरानले लिएको निती र कार्यक्रम सञ्चालनका लागि उपलब्ध गराएको बजेट उदाहरणीय भएको भन्दै अन्य स्थानिय तहले धरानबाट पाठ सिकेर बजेट बिनियोजन गर्न थालेको बताए । उनले आगामी दिनमा सञ्चारमाध्यमको बिकास,पत्रकार महासघंको भौतिक बिकास,बिधागत रुपमा पत्रकारहरुको क्षमता बिकास ,पत्रकार कल्याणकोष तथा अग्रजलाई सम्मान गर्ने कार्यक्रमहरुमा बजेट थप गर्नु पर्ने सुझाब दिएका थिए ।

पत्रकार महासघंका सह सचिब दिनेश गजमेरले अहिले सम्म धरानले सञ्चारक्षेत्रमा गरेका कार्यहरु सन्तोषपुर्ण रहेको बताए । उनले अन्य स्थानीय तहसँगको समन्वय गर्दा पत्रकारीता क्षेत्रलाई समेत सहमागि गराउनु पर्ने सुझाब राखे ।पत्रकार मनिता चाम्लिङले महिला पत्रकारको क्षमता बिकासमा छुट्टै कार्यक्रम ल्याउन सुझाब दिइन ।

उपमहानगरपालिकाले उपलब्ध गराउदै आएको लोककल्याणकारि बिज्ञापनको रकम बृद्धि गर्न आवश्यक रहेको उनको तर्क थियो । पत्रकारहरुले उपमहानगरपालिकाको सुचना महाशाखालाई थप ब्यबस्थित गर्नपनि सुझाब दिएका थिए । कार्यक्रममा धरान उपमहानगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत सुमन घिमिरे सहित स्थानिय सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।

यसैबिच नेपाल पत्रकार महासघं १ नम्बर प्रदेश तथा जिल्ला समिती सुनसरीले सञ्चार मैत्रि निती निर्माण गर्न आग्रह गर्दै ज्ञापनपत्रपनि बुझाएका छन् । महासघंका प्रदेश सदस्य तथा सुनसरी अध्यक्ष अमर खड्का को नेतृत्वमा बिहिबार आएको टोलिले ज्ञापन पत्र बुझाएको हो ।