विराटनर ब्लाष्ट । अदालतले गरेको फैसलालाई प्रभावकारी कार्यन्वयन गराउने उद्देश्य अनुरुप मोरङ प्रहरीले धमाधम फरार अभियुक्तहरु पक्राउ गरी अदालत उपस्थीति गराउँदै आएको छ । चालु आर्थिक वर्ष २०७४/०७५ को जेष्ठ मसान्तसम्म १ सय ५४ जना फरार अभियुक्तहरुलाई पक्राउ गरी जिल्ला अदालत मोरङमा बुझाएको मोरङ प्रहरीका डियसपी निशान्त थापाले जानकारी दिए । सबैभन्दा बढी फरार अभियुक्त इलका प्रहरी कार्यालय रानी विराटनगरले पक्राउ गरी अदालतमा उपस्थीति गराउन सफल भएको छ । रानीका प्रहरी प्रमुख सन्तोष निरौलाको सक्रियतामा मोरङको अन्य प्रहरी यूनिटको भन्दा बढी फरार अभियुक्त पक्राउ गर्न सफल भएको मोरङ प्रहरीको अभिलेखमा देखिन्छ । चालु आर्थिक वर्षमा इप्रका रानीले अन्य प्रहरी युनिटको भन्दा सबैभन्दा बढी ५४ जना फरार अभियुक्तहरुलाई पक्राउ गरी अदालत बुझाएको छ । पक्राउ परेकोबाट २ लाख ९६ हजार २ सय २० रुपैयाँ राजस्व समेत संकलन गरेको प्रहरीको अभिलेखमा देखिन्छ । फरार अभियुक्त पक्राउ गर्न इप्रका रानीले जिल्ला प्रहरी कार्यालय भन्दा अगाडी देखिन्छ । जिप्रका मोरङले ५१ जना मात्र फरार अभियुक्त पक्राउ गर्दा रानीले ५४ जना पक्राउ गरेको तथ्याङ्गकमा देखिन्छ । त्यस्तै इलका प्रहरी कार्यालय बेलबारीले १२, ईप्रका रंगेली ३, ईप्रका पथरीले ३, वडा प्रहरी कार्यालय (क) हाटखोलाले १, प्रहरी चौकी झोराहाटले २, प्रहरी चौकी मोतिपुरले ४, प्र.चौ बरगाछीले १ जना र सिआरबीले १ जना पक्राउ गरेको छ । मोरङ प्रहरीले फरार अभियुक्त पक्राउ गर्न जिल्लामा रहेको मातहेतको इलका कार्याललाई निर्देशन दिएको छ । प्रहरीले फरार अभियुक्त पक्राउ गर्न विशेष प्रहरीसमेत परिचालन गर्दै आएको छ ।