शनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ का लागि असार १० गते नगरसभा गर्ने भएको छ ।
नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा शुक्रवार बसेको कार्यपालिकाको बैठकले विभिन्न नीति, कार्यक्रम तथा बजेट तयारीका सम्वन्धमा छलफल गरी असार १० गते नगरसभा गर्ने निर्णय भएको प्रवक्ता यामप्रसाद गुरागाईंले वताए । शनिवारको वैठकले सम्पूर्ण बजेट तय उनले जनाए ।
१० वगटा वडा रहेको नगरमा प्रत्येक वडाका लागि ८५ लाख रुपैयाँ बराबरको बजेट तय भई वडा वडामा छलफल भएको छ । भौतिक पूर्वाधार, आर्थिक विकास, सामाजिक विकास, वातावरण र सुशासनका विषयगत पक्षलाई हेरेर वजेट विनियोजन गर्ने तयारी भइरहेको छ । सशर्त शिर्षकमा १७ करोड ११ लाख र निशर्तमा वित्तिय समानिकरणतर्फ १५ करोड ८५ लाख गरी संघबाट ३२ करोड ९६ लाख रुपैयाँ अनुदान आएको छ । त्यसका साथै स्रोत वाँडफाँड अन्तर्गत ९ करोड २१ लाख २० हजार आउने छ । उता, सशर्तका रुपमा १२ करोड रुपैयाँ सामाजिक सुरक्षा भत्ता छुट्टिएर आएको छ । निशर्तबाट २५ करोड २ लाख १७ हजार रुपैयाँमा आन्तरिक स्रोतको अनुमानित बजेट थपिएर चालु खर्च र पूँजीगत खर्चको बाँडफाँड हुन्छ ।
यसैवीच, पूर्व नेकपा एमाले १ नम्वर वडा शाखाले शुक्रवार भेला राखी वडाको वजेटको योजना पठाउने निर्णय गरेको शाखा अध्यक्ष भीमकुमार राईले वताए । पत्रकार महासंघ प्रदेश समितिले स्थानीय तहले आफ्नो नीति, कार्यक्रम तथा वजेटमा सञ्चार प्रवद्र्धनमा भूमिका निर्वाह गर्नुपर्ने कुरा उल्लेख गरेर तयार गरेको ज्ञापनपत्र पथरीशनिश्चरेका पत्रकारहरुले शुक्रवार नै नगर प्रमुख राईलाई वुझाएका छन् । साथै पत्रकारहरुले नगरका सञ्चारमाध्यम र पत्रकारहरुको हकहितका कार्यक्रम माग गर्दे छुट्टै मागपत्र समेत पेश गरेका छन् । महिलाहरुको भेलाले आफ्ना योजना तय गरेका छन् । युवाहरुले समेत युवा लक्षित वजेटका बारेमा योजना पेश गर्दैछन् ।