सप्तकाेशीबाट बगाएर ल्याउदै गरेकाे सखुवाको अवैध काठ बरामद
सुनसरी । सुनसरीको बराह नगरपालिका २ स्थित कोशी नदीबाट प्रहरीले सखुवाको अवैध काठ बरामद गरेको छ।
नदीमा बगाई तस्करी हुँदै गरेको ५५ क्युविफिट सखुवाको चिरान काठ बिहिबार राती प्रहरीले बरामद गरेको हो। काठ तस्करहरुले नदीमा बगाएर काठ ओसार्दैछ भन्ने विशेष सुचना पाएपछि सो स्थानमा प्रहरी खटिएका थिए।
बरामद काठ अनुसन्धान पश्चात वन कार्यालयमा बुझाइने इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































