बर्जु गाउँपालिका १ स्थित टंक गुरुङको घरमा बस्दै आएका एलिसको टिभीको सेटअप बक्सबाट करेन्ट लाग्दा उपचारका क्रममा मृत्यु भएको हो।
टिभी हेर्नेक्रममा सेटअप पछाडीको तार मिलाउन खोज्दा बालकलाई करेन्ट लागेको थियो। भुँईमा लडेको अवस्थामा घरका मानिसहरुले भेटेका बालकलाई उपचारका लागी नोबेल अस्पताल विराटनगर ल्याएका थिए।
घटना सम्बन्धमा प्रहरीबाट अनुसन्धान कार्य भईरहेको छ।