पानवारी । संकटा वाइन एण्ड वेवरेज प्रालिले उत्पादन गरेको क्यानभास वाइन धरानमा बुधबार लन्च गरिएको छ ।

विशुद्ध अंगुरबाट मात्र बनाइएको वाइन ८ महिना अघि मात्रै काभ्रेबाट उत्पादन सुरु गरिएको प्रालिका मार्केटिङ डाइरेक्टर हरि बास्तोलाले जानकारी दिएका छन् । वाइन रातो र सेतो गरी दुई फ्लेवरमा बजारमा उपलब्ध छ भने चाडै सुगरफ्रि वाइन समेत बजारमा ल्याउने बुधबार धरानमा आयोजित वाइन लन्च कार्यक्रम जानकारी दिइएको थियो । ८ महिना अघिदेखि बजारमा आएको स्वदेशी वाइनको कच्चा पदार्थ भने भारतको नासिक र पुणेबाट आयात गरिएको कम्पनीले दाबी गरेको छ ।