झापा, (रासस) । झापाको शिवसताक्षी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम चुलाचुली नगरपालिका–१ निवासी ३५ वर्षीय इन्द्रकुमार राई रहेका छन् । शुक्रबार साँझ राईले चलाउँदै गरेको मे६प ७६०५ नंको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते राईलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिए पनि उनको उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































