पाँचथर ब्लाष्ट । पाँचथरको सुःखा ग्रस्त क्षेत्र कुम्मायक गाउँपालिकामा सञ्चालित तमोर लिफ्ट खानेपानी आयोजनाको जग्गादाताहरुलाई सम्मान गरिएको छ । बृहत खानेपानी आयोजनाको लागि निशुल्क जग्गादान गर्ने ११ जना उपभोक्ताहरुलाई सम्मान–पत्र प्रदान गरि सम्मान गरिएको छ । आयोजनाको ११ वटा रिजर्भ ट्याङ्की (आरभिटि ( १ देखि ११ सम्मको ट्याङ्की निर्माणको लागि निशुल्क जग्गाप्रदान गर्ने उपभोक्ताहरुलाई एक कार्यक्रमका वीच सम्मान गरिएको हो । आयोजनालाई आवश्यक पर्ने खानेपानी कार्यालय निर्माणको लागि जग्गा प्रदान गर्ने स्थानिय समाजसेवी डिगबहादुर पौडेललाई पनि सम्मान गरिएको छ । उनले यासोक बजारमा कार्यालय निर्माणको लागि ६ लाख बरावरको दुई रोपनी जग्गा निशुल्क प्रदान गरेका थिए ।
यासोक सुःखा क्षेत्रमा २०७२ साल देखि तमोर लिफ्ट खानेपानी आयोजनाको काम हुदै आएको छ । खानेपानीको समस्या भोग्दै आएका स्थानियहरुले खानेपानी आयोजनाको कामलाई निश्वार्थ रुपमा सहयोग गरेको भन्दै समिति र डिविजन कार्यालय पाँचथरले धन्यवाद दिएको छ । खानेपानीको समस्या भोग्दै आएका उपाभोक्ताहरुले जग्गादान गरेर आयोजनाको कामलाई सहयोग पु¥याएको उपभोक्ता समिति अध्यक्ष डम्बरसिंह सम्बाहाम्फेले बताए । उनले उपभोक्ताहरुको सहयोगले गर्दा आयोजनाको काम सन्तोष जनक रुपमा काम हुदै आएको भन्दै आगामी दिनमा समेत यस्तै सहयोग गर्न उपभोक्ताहरुलाई आग्रह गरे । सम्मान कार्यक्रमा डिविजन कार्यालय पाँचथरका प्रमुख सुरतलाल चौधरीले आयोजनाको प्रगति सन्तोष रुपमा अघिबढेकाले आयोजनाको निर्माणमा यस्तै साथ र सहयोग भएमा २०७५ साल सम्ममा खानेपानी उपभोग गर्न कुम्मायकबासीले पाउँने चौधरीले बताए । सोही कार्यक्रमा कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ, उपाध्यक्ष सिता आचार्य, पाँचवटै वडाका वडा अध्यक्ष लगायतले आयोजना सञ्चालनको लागि कुम्मायकबासीले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका थिए ।
आयोजनाको ११ वटा पानी रिजर्व गर्ने ट्याङकी मध्ये हाल सम्म ९ वटाको काम पुरा गरेको छ । भने बाँकी रहेका दुई ट्याङकीको काम पनि अन्तिम पुगेको छ । निर्माण स्थलमा पानी तान्न प्रयोग हने ७ वटा पंम्प प्रयोग हुने र ९ वटा गार्ड हाउस समेत निर्माण भएका छन । आयोजनाको मुख्य पाइपलाईनको १८ किलोमिटर मध्ये ८ किलोमिटर बिस्तार भएको छ । त्यस्तै बितरण लाईनको १९३ किलोमिटर मध्ये १५३ किलोमिटर बिस्तार भईसकेको छ । १८ किलोमिटर सम्म पानी पंम्प गर्नका लागी ११ के.भि.ए बिधुत खपत हुने छ । बिधुत लाईनको लागी दुईसय वटा भन्दा बढि बिधुतिय पोल प्रयोग हुने निर्माण कम्पनीले बताएको छ । प्रभावित क्षेत्रका तीन हजार ४३ घरधुरीमा सोही संख्यामै मिटर जडाको काम समेत अघिबढाएको निर्माण कम्पनीले तोकीएको समय अगावै तमोरको पानी बस्ती सम्म पु¥याउने लक्ष्य लिएको छ । बिधुतिय प्रबिधिबाट लिफ्ट गरेको पानी प्रति सेकेण्ड २० देखी ३० लिटर सम्म संकलन हुने जनाइएको छ ।