धनकुटा(ब्लाष्ट) । जिल्ला अस्पताल धनकुटामा नव शिशु स्याहार कक्षको स्थापना गरिएको छ । कक्षको माननिय सांसद राजेन्द्र राईले एक औपचारिक कार्यक्रमको साथ सनिवार समुद्धघाटन गरेका छन् । नव शिशु स्याहार कक्षको उद्धघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि राईले धनकुटावाट विरामी घोपा लाने संस्कृतिको अन्त्य गर्नु पर्नेमा जोड दिएका छन् । उनले सवैखाले विरामीको धनकुटामा उपचार हुने वातवरण वनाउनु आजको आवश्याक्ता रहेको औल्याएका छन् । राईले अस्पतालमा सेवा मात्र थपेर नहुने प्रचार–प्रसार पनि गर्न सक्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रमको औचित्य माथि प्रकास पार्दै जिल्ला अस्पताल धनकुटामा प्रमुख डा.फडिन्द्र प्रसाद बरालले जिल्ला अस्पताल धनकुटामा बालरोग विशेषज्ञ सेवा प्रदान गर्ने उदेश्यका साथ नव शिशु स्याहार कक्षको स्थापना गर्न लागीएको वताएका छन् । डा.बरालले नव शिशु स्याहार कक्षमा ३ वटा रेडिवाम मेसिन (बच्चालाई तातो वनाई राख्ने), २ वटा फोटो थेरापी मेसिन जडान गरिएको वताएका छन् । उनले अव उप्रान्त नव शिशुलाई निमोनिया जस्तो विराम लागेमा धनकुटा भन्दा वाहिर लानु नपर्ने वताएका छन् । सो अवसरमा डा.बरालले जिल्ला अस्पताल धनकुटामा केही दिन देखी एल.एस.सि.एस.सर्जरी लगायतका विशेषज्ञ सेवा पनि प्रदान गर्न थालिएको वताएका छन् । उनले आगामी आर्थिक वर्ष भित्रमा धनकुटामा ५० वेडको मापदण्ड पुर्याएर सोही अनुसारको विशेषज्ञ सेवा दिने तयारी पनि भैरहेको वताएका छन् । उनले जिल्ला अस्पतालमा आगामी बर्ष देखी दरवन्दी नभए पनि स्वास्थ्य मन्त्रालयले १ जना हाड जोनी विशेषज्ञ र बालरोग विशेषज्ञ पठाउने तयारी भैरहेको पनि वताएका छन् । अस्पताललाई विहत्तर रुपमा विकास गर्न ५३ करोडको मास्टर प्लान समेत तयार भैरहेको बरालले वताएका छन् । अस्पताल विकास समिति धनकुटाका अध्यक्ष सुनिल कुमार डंगोललको अध्यक्षतमा भएको नव शिशु स्याहार कक्ष उद्धघाटन कार्यक्रमको संचालन अस्पताल प्रशासन शाखाका सुव्वा खिरवहादुर वुढाथोकीले गरेका थिए ।