इटहरी । सेवाग्राहीको अत्याधिक चाप हुने इटहरीमा रहेको कोशी अञ्चल यातायात कार्यलय २९ बर्ष देखि भाडाको घरमा बस्दै आएको छ । कोशी अञ्चल यायातात कार्यलय सवारी शाखा र लाईसेन्स शाखा लामो समय देखि पार्किङ नै नभएको भाडाको घरमा बस्दै आएको छ । जसका कारण कार्यलयले मात्र हैन दैनिक सेवाग्राहीले सास्ती बेर्होनु पर्ने बाध्यता छ । दुई कार्यलयले बार्षिक राजश्व मात्र १ अर्ब ६० करोड उठाउँछ तर त्यही कार्यलयको हालत हेर्दा विरक्त लाग्दो छ । चालु आर्थिक वर्षको अहिले सम्म कोशी अञ्चल यातायात कार्यलय सवारीले १ अर्ब ३० करोड र लाईसेन्स शाखाले ३० करोड राजश्व उठाईकेको छ । तर यी दुबै कार्यलय कन्तविजोक तरीकाले बसेको छ । बार्षिक करीब २५ लाख भाडा तिर्ने कार्यलयहरु भबन विहिन हुदा सेवाग्राहीलाई समस्या हुन पुगेको छ । ब्यस्त्त हाईवेयमा कार्यलय हुदा सेवाग्राीलाई समस्या हुने गरेको तेह्थुमबाट बुल्लुबुक रिनो गर्ने आएका सुरेश लिम्बुले वताए । कार्यलय अगाडी शुत्रबार भेटिएका उनले भने कार्यलय ब्यवस्थीत भएन् । यातायात कार्यलयको सवारीले मासिक १ लाख १५ हजार भाडा तिर्छे भने लाईसेन्स शाखाले ९५ हजार भाडा तिदै आएको छ । यातायात कार्यलयको आफ्नो ट्रायल सेन्टर सम्म छैन । दुलारीमा रहको ट्रायल सेन्टरलाई बार्षिक १ लाख रुपैया भाडा तिर्ने गरेको कोशी अञ्चल यातायात कार्यलयका प्रमुख श्याम सिंह वताउँछ । जग्गा भए पनि भबन बनाउँने बजेट नआएको उनको भनाई छ । बल्ल प्रदेश सरकारले यो वर्ष ३० लाख छुट्याईदिएको उनको भनाई थियो । भबन बनाउँन तयारी स्वरुप उक्त रकम छुट्याएको उनी बताउँछन । इटहरी २ आँपगाछी र हलगडामा रहेको यो कार्यलय लथालिङ्ग अवस्थामा छ । दुबै कार्यलयको पार्किङ छैन । लामो समय देखि भबन नबन्दा यातायात कार्यालय भाडाकै घरमा बस्न बाध्य छ । भाडामा बसेकोे घर सँगै अन्य स्थानियका घर पनि जोडिएका छन् । स्थानियका घर सँगै कार्यलय राख्नु पर्दा सेवाप्रवाह, असहज महसुस भएको त्यहाँ कार्यारत कर्मचारीहरुले जनाएका छन् । यातायात कार्यलय सवारीका इन्जिनियर गोपी बोहोरा भन्छन् आफ्नै भबन नहुदा भाडाको घरमा काम गर्ने असहज हुदो रहेछ । सर्वसाधरणहरुको भिड हुने कार्यलयको आफ्नै भबन नहुदा समस्या हुदै आएको उनको भनाई छ ।

जग्गा छ भबन छैन यातायात कार्यलय सवारी र लाईसेन्सको नाममा जग्गा भए पनि भवन नहुदा भाडाका साघुरो कोठामा कर्मचारीहरु काम गर्ने बाध्य छन । पार्किङ समस्याले अस्तब्यस्त बन्दै गएको कार्यलयले २९ बर्ष सम्म भबन नबन्दा कर्मचारीहरुलाई मात्र हैन सर्वसाधरण पनि समस्यामा पदै आएका छन । कार्यलयको इटहरी उपमहानगरपालिकामै १ विगाह जमिन भए पनि भबन भने अहिले सम्म निमार्ण हुन सकेको छेन । हलगडा र आँपगाछीमा रहेको कार्यलय दुबै कार्यलयको जग्गा सरकारले खरीद गरे पनि अहिले सम्म कार्यलय बनेको थियो । प्रदेश सरकारले थोरै भए पनि रकम छुट्याएर भबन निमार्ण तयारी भने गरेको त्यहाँका कर्मचारीहरुले बताएका छन । लामो समय देखि भबन नभएको कार्यलयले भबन बनाउँदा सेवाग्राहीलाई राहत मिल्ने सेवाग्राहीहरु बताउँछन ।

आश्वसन दिए बजेट दिएनन् तत्कालीन भौतिक निमार्ण तथा यातायात मन्त्री रमेश लेखकले कोशी अञ्चल यातायात कार्यलय इटहरीको भवन अस्तब्यस्त रहेको भन्दै कार्यलय बनाउँन पहल गर्ने भनेका थिए । तर उनको पद सक्किए पछि भबन बनाउँने कुरा अपुरै रहयो । कार्यलयको निरिक्षण गर्ने इटहरी स्थित कार्यलय पुगेका मन्त्री लेखकले कार्यलय सुविधा सम्पन्न हुन नसकेको भन्दै गुनासो मात्र गरे बजेट विनियोजन भने गरेनन् । लामो समय देखि घर भाडा लिएर कार्यलय सञ्चालन गदै आएको कोशी अञ्चल यातायात कार्यलय अहिले पनि ब्यवस्थीत छैन । दुबै कार्यलय हाईवेयमा भए पनि कार्यलयलाई पार्किङ टाउँको दुखाई बन्दै गएको छ । कोठाहरु सानो र सुविधा राम्रो नभएको भन्दै फराकिलो ठाउँमा जग्गा खोजेर आफ्नै भवन वनाउँन तत्कालिन कार्यलय प्रमुख रमेश दाहाललाई निर्देशन दिएका तर बजेट भने दिएनन् । बार्षिक करीब १८ अर्ब राजश्व उठाउँने कोशी अञ्चल यातायात कार्यलय इटहरी भाडाको घर लिएर सेवाग्राहीलाई दिईरहेको कोशी अञ्चल यातायात कार्यलय इटहरीले जनाएको छ । कार्यलयमा सेवाग्राहीको चाप वढी हुने गरेको कारण भाडामा लिएको कोठाहरु सानो हुदा समस्या हुदै आएको कार्यलयले जनाएको छ ।