विराटनगर/ मोरङको मिक्लाजुङ्ग गाउँपालिका – ७ की शान्ती राईलाई जर्वजस्तरी करणी गरि विर्भत्स तरिकाले हत्या गर्ने एक जनालाई प्रहरीले तीन महिनापछि बुधबार पक्राउ गरेको छ । मोरङ प्रहरीको विशेष टोली र इलका प्रहरी कार्यालय उर्लाबारीले संयुक्त रुपमा सुष्म अनुसन्धान गरी लामो समयपछि मिक्लाजुङ गाउँपालिका ७ का ३० वर्षिय हिकबहादुर बस्नेतलाई पक्राउ गरेको हो ।
हत्या गरेको आरोपमा पक्राउ परेका बस्नेतलाई मोरङ प्रहरीले बुधबार नै विराटनगरमा मोरङ प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको छ । गत चैत १९ गते कमल बहोराको घरमा बसेको चिन्तामा शान्तीले जोखना हेरी घर जाने क्रममा ग्यांग्री खोलामा उनको विर्भत्स तरीकाले हत्या भएको थियो ।
‘लामो समयसम्मको अनुसन्धानपछि हत्या गर्ने पक्राउ परेका छन्,’ मोरङ प्रहरी प्रमुख मनोजकुमार केसीले भने,‘यस प्रकरणमा थुप्रै मानिसलाई अनुसन्धानको लागि ल्याएका थियौ । सुष्म तरिकाले अनुसन्धान गरेपछि लामो समयपछि हत्या गर्ने मुख्य मानिसलाई फक्राउ गर्न सफल भएका छौं ।’ उनका अनुसार जर्वजस्ती करणीपछि हत्या गरिएको अनुसन्धानको क्रममा खुलेको जानकारी दिए । ‘मृतकलाई घर पुर्यादिने बहनामा हिकबहादुरले जर्वजस्ती करणी गरेको अनुसन्धानबाट खुलेको छ,’ एसपी केसीले भने, ‘त्यसपछि दुई वटा टुङा प्रहार गरी विर्भत्स हत्या भएको देखिन्छ ।’ प्रहरीले हत्या गर्न प्रयोग गरेको दुई वटा टुंगा समेत बरामद गरेको छ । यस हत्या प्रकरणमा अरु मानिसको पनि संलग्नता देखिएको प्रहरीले बताएको छ । अन्यको खोजी गरी थप अनुसन्धान गर्ने मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीले बस्नेतलाई बुधबारनै जिल्ला अदालत मोरङमा कर्तबय ज्यान मुद्दा म्याद थप गरी थप अनुसन्धान गर्दै आएको बिसीले जानकारी दिए ।
यसरी भयो हत्या
गत चैत १९ गते कमल बहोराको घरमा बसेको चिन्तामा शान्तीले जोखना हेराउन गएकी थिइन् । उनले धामीलाई आफ्नो जोखना हेराइन् । चिन्ताबाट घर जाँदा मध्य राति भइसकेको थियो । मधिरा सेवन गर्ने शान्ती त्यसदिन पनि सेवन गरेकी थिइन् । घर जाने क्रममा उनको भेट हिकबहादुर सँग बेलगौडे भन्ने स्थानमा भयो । दुवै जना मधिराको नशामा थिए । नशाकै सुरमा हिकबहादुरले शान्तीलाई घर पु¥यदिन भन्दै त्यस स्थानबाट दुवै जना चुरोट र खैनी खादै अगाडी बढे । मदिराको नशामा लठिएका बस्नेत जब मिक्लाजुङ ७ स्थित ग्यांग्री खोला छेउ पुगे हिकबहादुरले शान्तीलाई जर्वजस्ती करणी गरे । करणी गरेको पोल खुल्ने डरले उनले हत्या गर्ने योजना बनाए । सोही ठाउँमा उनले पटक पटक ढुंगा प्रहार गरी विर्भत्स तरिकाले हत्या गरे ।