पाँचथर/ पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा न. ६ मा रहेको जयनारायण आर्दश माध्यमिक बिधालयमा शैक्षिक गुणस्तर सुधार गर्न अभिभावक लागि परेको छन् । बिधालयको शैक्षिक गुणस्तर सुधारको   लागि भन्दै अभिभावकहरु जुटेका हुन । जिल्लाकै जेठो बिधालयको रुपमा बि.स २००५ सालमा स्थापना भएको बिधालयमा कक्षा १२ सम्म कक्षा संचालन हुदै आएको छ । प्राबिधिक शिक्षा अन्तरर्गत सिटिभिटिको १८ महिने सिविल सबओभर सियरको कक्षा समेत संचालन हुदै आएको बिधालयमा पछिल्लो समयमा अभिभावकको अर्कषण बढेको छ । गाउँपालिकाको सबै बिधालयमा अंग्रेजी माध्यमबाट कक्षा १ सम्म पठन –पाठन भईरहेको अबस्थामा बिधालयले भने आफ्नै आन्तरिक श्रोत बाट नर्सरीदेखि कक्षा ४ सम्म अंग्रेजी कक्षा संचालनमा ल्याएको प्रधानाध्यपक बिनोद अधिकारीले बताए । बिधालयको शैक्षिक  गुणस्तर सुधारको लागि अभिभावकहरुले चन्दा संङकलन समेत गर्दै आएका छन् । बिधालय सेवा क्षेत्र भित्रका अभिभावक र सरोकारवालहरुले सहयोग गर्दै आएको अधिकारीले बताए । शैक्षिक सुधारको लागि अभिभावक, बिधालय ब्यवस्थापन समिति र बिधालय प्रसाशनको भेलाले पाँच सय देखि नौ सय रुपयाँ समेत प्रतेक अभिभावकबाट बार्षिक रुपमा चन्दा गर्नुपर्ने निर्णय गरेसंगै अभिभावकहरु कम्मर कसेर लागि परेका छन ।

बिधालयले नर्सरीदेखि कक्षा पाँचसम्म पाँचसय रुपयाँ, ६ देखि कक्षा आठसम्म सातसय रुपयाँ र कक्षा नौदेखि दश कक्षासम्म प्रति बिधार्थी नौ सय रुपयाँको दरले चन्दा संङकलन गर्दै आएको छ । सामुदायिक बिधालयहरुले यो वा, त्यो बाहानामा अभिभावकबाट रकम संङलन गर्नु हुदैन् भन्ने हेक्का बिधालयलाई राम्रो संग थाहा छ । तर अभिभावकहरुले निजि बिधालयमा धेरै करम तिरेर बालवालिकाहरुलाई पढाउँनु भन्दा आफ्नै बिधालयलाई सुधार गरि निजि बिधालयको भन्दा पनि गुणस्तरीय  शिक्षा लागु गर्नु आवश्यक ठानेर चन्दा संकलन अभियान थालेको बिधालयका अभिभावक गणेश मिश्रले बताए । बिधालय सुधारमा राम्रो नतिजा देखा परेपछि अभिभावकहरुले बिधालयमा धमाधम बिधार्थी भर्ना गर्दै आएको उनि बताउँछन ।  सामुदायिक बिधालयकमा अभिभावको रुचि घट्दै गएकाले जिल्लाकै नमुना बिधालय बनाउँने लक्ष्य साथ सबै अभिभावकहरु लागि परेका छौ, आर्थिक अबस्था कम्जोर भएका बालवालिकाहरुलाई निशुल्क भर्ना कार्यक्रम पनि भईरहेको छ । मिश्रले भने ।

बिधालयमा गर्त बर्ष ३ सय २५ जना मात्रै बिधार्थी भर्ना भएका थिए । तर अहिले यो संख्या बढेर ४ सय ५२ जनामा पुगेको छ । अंग्रेजी माध्यम र प्राबिधिक शिक्षा प्रति अभिभावकले रुचि देखाएकै कारण अपेक्षा कृत सफलता हसिल गरेको पाइएको छ । गत बर्षको तुलनामा यस बर्ष मात्रै एक यस २७ जना बिधार्थी बढेका छन । यो हाल सम्मकै धेरै संख्या भएको बिधालयले जनाएको छ ।  प्रोजेक्टरको माध्यम बाट आधुनिक तरिकाले पठन–पाठन हुदै आएको बिधालयमा आर्थिक रुपमा बिपन्न समुदाय पहिचान गरि अन्य अभिभावक र बिधालय प्रसाशनले सहयोग गर्दै आएको छ ।