विराटनगर / मोरङ कानेपोखरी गाउँपालिका – ६ की विमला श्रेष्ठले आफनै घरमा किराना पसल गरि मनग्य आम्दानी गर्दै आएकी छिन् । जीवन विकास समाजद्धारा संचालति लघुवित्तमा आवद्ध भएर उनले ऋण लिएकी थिइन् । २ लाख रुपैयाँ ऋण लिएको पैसाँ व्यवसाय सञ्चालनमा खर्चिएपछि अहिले मनग्दै आम्दानी गर्दै आएको उनले बताइन् । गाउँमै केहि गरौ भनेर लघुविक्तमा आवद्ध भए,’ उनले भनिन,‘ अहिले नियमत बचत गर्दै आएको छु । म जस्तै अन्य धेरैको अहिले बचत गर्ने बानीको विकास भयो ।’ उनी भन्छिन्,’ पसलबाट आम्दानी भएको पैसाँले कर्जा लिएकोे किस्ता पनि तिर्दै आएको छु ।’ ग्रामिण भेगको गाउँ– गाउँमा जीवन विकास समाज द्धारा सञ्चालनमा आएको जीवन विकासकको लघुविक्त कार्यक्रममा आवद्ध भएर आत्मनिर्भर भएकी विमला मात्र होइन । कानेपोखरी गाउँपालिकामा अन्य थुप्रै महिलाहरु आत्मनिर्भर भएका छन् । आफनै घर आगनमा जीवनको विकासको लघुवित्त आएपछि धेरै जनाको जीवन स्तरमा सुधार आएको स्थानियहरुको भनाई छ । त्यस्तै जहदा गाउँपालिकाकी मिरा ऋषिदेवले १ लाख रुपैयाँ कर्जा लिएर उनले बंगुरपालन व्यवसाय सुरु गरेकी छिन् । कर्जा लिएको पैसाँ बंगुर व्यवसायमा लगानी गरेपछि अहिले राम्रो आम्दानी गरेको उनले बताइन् । ‘कर्जा लिएको पैसाँ बंगुर हाल्ने खोर र बजारमा गएर साना बंगुरको बच्चा खरिद गरे,’ उनले भनिन,’ अहिले राम्रो भएको छ ।’ कानेपोखरीको ६ नम्बर वडामा २५ जना महिलाहरुको समूह रहेको छ । प्रत्येक महिनाको दुई पटक बचत गर्दै आएको लघुवित्तमा आवद्ध भएकी पवित्रा पराजुलीले जानकारी दिइन् । लघुवित्तमा आवद्ध भएका सदस्यहरुको एउटै पहिन रहेको छ । उनी बचत गर्ने बेलामा निलो साडी र चोलो लगाएर बचत गर्न जाने नियम नै बनाएका छन् । सहकारीमा आवद्ध भएपछि जीवन विकास समाज द्धारा सञ्चालित भएको लघुवित्तले विना धितो १ हजारदेखी ३ लाख रुपैयाँ सम्म सदस्यहरुलाई कर्जा दिने गरेको छ । समाजले सौलियत ब्याजदरमा आफना सदस्यहरुलाई कर्जा दिने गरेको हो । यस लघुविक्तमा आवद्ध भएका महिलाहरुले कर्जा लिएर बाख्रा पालन, बंगुर पालन तथा विभिन्न व्यापार व्यवसायहरुमा लगानी गरी अहिले मनग्गे आम्दानी गर्दै आएको कानेपोखरी गाउँपालिका स्थानियबासी खड्क बहादुर श्रेष्ठले जानकारी दिए । जीवन विकास समाजद्धार सञ्चालनमा आएको लघुवित्त झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा, इलामा, सिन्दली गरी ६ वटा जिल्लामा सञ्चालनमा रहेको जीवन विकास समाजको वरिष्ठ अधिकृत अन्जय कुमार मण्डलले जानकारी दिए । ६ जिल्लामा रहेको लघुवित्तमा जम्मा १ लाख ९० हजार ८ सय ४७ जना सेयर सदस्य रहेका छन् भने ३ अर्ब ७२ करोड २९ लाख ७० हजार रुपैयाँ बचत रहेको जीवन विकास समाजले जनाएको छ । अहिले कर्जा लगानी ८ अर्ब २ करोड ५० लाख गरेको छ । मोरङमा मात्र ८१ हजार ८ सय ८१ जना लघुवित्त समाजमा आवद्ध रहेको मण्डलले जानकारी दिए ।