इटहरी / खुकुरी प्रहारबाट इटहरीका एक व्यक्ति घाइते भएका छन । इटहरी ६  मिलन चौकमा युवराज गौतम र काजी पाण्डेले इटहरी १४  गैसार बस्ने रुद्र बहादुर पौडेललाई खुकुरी प्रहार गरेका हुन । घाईते पौडेलको बिराटनगर स्थित न्यूरो अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी र्कालय इटहरीले जनाएको छ । मिलन चौक नजिक ढाँटमा ट्याक्टर राख्ने बिषयमा दुवै पक्ष बिच विवाद भएको थियो । खुकुरी प्रहार गर्ने गौतम र पाण्डे बिरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा शुक्रबार ज्यान मार्ने अपराध सम्बन्धि मुद्धा दायर गरिएको छ । खुकुरी प्रहार गर्ने दुवै फरार रहेकाले उनिहरुको खोजी भइरहेको इटहरी प्रहरी कार्यलय इटहरीका डिएसपी शिव श्रेष्ठले जनाए ।  खुकुरी प्रहार गर्नेमध्येका गौतम तत्कालिन नेकपा एमालेको भातृ संगठन युवा संघ इटहरीका उपाध्यक्ष हुन् ।