स्थानीय निकाय सञ्चालनको १ वर्षे अवधिलाई स्थानीयले आशाको किरणका रुपमा हेरेका छन् ।

मोरङको पथरीशनिश्चरे १ स्थित सुनाखरी माविका प्रधानाध्यापक केशव शर्माले १ वर्षे अवधिमा सवै समुदायका चाहना पुरा हुने अवस्था नभएपनि धेरै मान्छे खुसी चाँही भएको अवस्था दर्शाए । ‘कतिपय अवस्थामा नयाँ व्यवस्था सिक्न नयाँ जनप्रतिनिधिहरुलाई समय लागेको पनि देखियो ।’– उनले विश्लेषणका क्रममा भने । स्थानीय सरकारकै काम गाउँपालिका र नगरपालिकाबाटै हुने गरेपनि राजस्व सहितका कर वढी भएको तथा त्यसको अनुपातमा सेवा सुविधा दिन नसकेको कुरा आएको जानकारी गराए ।

झापाको दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश प्रसाईंले पहिलाको स्थानीय निकायभन्दा अहिले अधिकार सम्पन्न भएपनि पुरानो अभ्यासबाट आएका जनप्रतिनिधि भएकाले कार्यान्वयनमा सहजता हुन वाँकी रहेको जनाए । ‘जनप्रतिनिधहरु अभ्यासमै छन् । आफ्नो काम, कर्तव्य र अधिकार पूर्ण रुपमा थाहापाइसकेको अवस्था छैन ।’– उनको बुझाई छ ।