भद्रपुर/आर्थिक अवस्था कमजोर भएकी एक छात्रालाई बोन म्यारो (रगत क्यान्सर) देखा परेपछि उपचारमा समस्या परेको छ । भद्रपुर नगरपालिका २ स्थित पृथ्वीनगरकी १९ वर्षिया दिपा(अन्जु) विश्वकर्मा रोगबाट पीडित भएपछि आर्थिक अभावले उपचार गर्न समस्यामा परेकी हुन् ।
आर्थिक अवस्था कमजोर रहेका कारण उपचारमा लाग्ने खर्च धान्न नसक्ने भएपछि अहिले दिपाको परिवार सङ्टमा परेको छ । विगत ३ महिनादेखि रोगबाट पीडित बनेकी उनको हाल धरानस्थित वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको ज्ञान सरोबर निकेतन माविका शिक्षक राजु बरालले जानकारी दिए । उनि कक्षा १२ मा निशुल्क छात्रवृत्तिमा अध्यनरत छिन । दीपाको शरीरमा रगतको उत्पादन न्युन हुँदै गएपछि प्रत्येक १५/१५ दिनमा उनलाई रगतदिने गरिएको परिवारले जनाएको छ । उपचारका लागि भारतीय उपचार केन्द्र लानु पर्ने चिकित्सकहरुले सुझाव दिएपछि आर्थिक संकटले उपचार नहुने चिन्ता विश्वकर्मा परिवारलाई थपिएको छ । उनको उपचारको लागि सरकारी तथा गैरसरकारी सघंसस्था , राजनीतिकदल , नागरिक समाज , सञ्चारकर्मी लगायत सबैलाई सहयोग गर्न विश्वकर्मा परिवारले आग्रह गरेको छ । दीपाको उपचारको लागि पृथ्वीनगरका शिवकुमार राजभण्डारीको संयोजकत्वमा ९ सदस्यीय आर्थिक सहयोग संकलन समिति गठन गरिएको छ । उनलाई सहयोग गर्नका लागि दिपा बचाऊ आर्थिक संकलन समितिको साना किसान कृषि सहकारी संस्था पृथ्वीनगरको खाता नम्बर ००२००१०६८ (बैक खाता) समेत खोलिएको जनाइएको छ । सो समितिले दिपाको जीवन रक्षाका लागि सहयोग पुर्याउन सवैसित अनुरोध गरेको छ ।
सुकुमबासी भएर विशालपुर सामुदायिक वनमा वनपाले काम गर्दै आएका पीडितका बावुको हात,खुट्टा भाचिएर कमजोर भएका , आर्थिक अवस्था कमजोर भएका कारण आमाको आत्महत्याबाट मृत्यु समेत भइसकेकोले परिवारमा सङ्कट देखा परेको आर्थिक सहयोग सङ्कलन समितिका संयोजक भण्डारीले बताए । तीनवटी छोरी मध्ये दुर्इको विवाह भइसकेको र दिपालाई पनि भनसुन गरेर निःशुल्क अध्यापन गराउदै आएको उनले बताए । चिकीत्सकले दिएको जानकारी अनुसार सेतो रगत उत्पादन नहुने भएपछि उपचारको लागि भारतको बैङ्लोर अस्पतालमा यस्को उपचार हुने भएकोले एक महिना भित्र लैजानको लागि आर्थिक सहयोग सङ्कलनलाई तीव्र बनाइएको उनले बताए । उपचारमा सहयोग पुग्ने उद्देश्यले केही दिन भित्र साँस्कृतिक कार्यक्रमको आयोजना गरिने साथै वैदेशिक रोजगारीको लागि गएका नेपाली लगायत अन्यसँग पनि सहयोगको लागि पत्र पठाइसकेको उनको भनाई छ । उपचारको लागि २० देखि २५ लाख नेपाली रुपैयासम्म खर्च लाग्ने चिकीत्सकले जनाएको उनले बताएका छन् ।