पथरी/ इलाका प्रहरी कार्यालय पथरीमा भखरै आएका इस्पेक्टर कमल बजगाईले पथरी इलाका क्षेत्रको अपराधिक क्रियाकलापलाई शून्य बनाउने बताएका छन् ।

शनिबार इलाकामा पत्रकार भेटघाट कार्यक्रममा बजगाईले सो कुरा बताएका थिए ।  अघिल्लो कार्यालय प्रमुखहरुले के गरे भन्दा पनि आफ्नो कार्याकालमा लागुऔषध,होटलमा यौन जनय गतिविधि,अपराध जन्य क्रियाकलापहरुलाई पहिलो प्राथमिकता दिएर शून्य बनाउने बजगाईले बताए । चितवनबाट भखरै आएका उनले यस क्षेत्रमा नयाँ भएकोले अनुभव पनि नयाँ हुने बताउँदै पुरानो केशको अध्ययन गर्न केहि समय लाग्ने बताए । जुनसुकै काममा यहाँको राजनीतिक दल,युवा, बुद्धीजिवि र नागरीक समाजले सहयोग गरेमा काम गर्न सहज हुने इस्पेक्टर बजगाईले बताए । उनले भने–‘अपराधिक गतिविधिमा पक्राउ परेका व्यक्तिहरु पक्राउ पर्न साथ अभिभावकहरु छुटाउन आउँछन् , त्यसलाई छुटाउने भन्दा पनि सजाय दिने तिर लाग्न अनुरोध छ । यसो गरियो भने मात्र समाज बन्छ ।’

यस इलाकामा कार्यालय प्रमुख भएर आए पछि सबैले भन्ने गरेका पनि यस्तै हो । तर इलाकाबाट भने जस्तो काम भने हुन सक्दैनन् । पथरीमा अहिले लागुऔषध कारोबार, होटलमा यौनजन्य क्रियाकलाप र चोरी गर्ने कामहरु भैरहेको छ । थापा मनिट्रान्फर तथा सुनचाँदी पसल चोरी घटनाको अझै पनि प्रहरीले पक्राउ गर्न सकेको छैनन् । यस्ता घटना पथरी इलाका क्षेत्र भित्र धेरै छन् तर पनि प्रहरीले अपराधीहरु पत्ता लगाउन सकेको छैनन् ।