रंगेली / संचार तथा सुचना प्रविधि मन्त्री गोविन्द प्रसाद बासकोटाले संबैधानिक निकाय सरकरको विकास निर्माणको काममा बाधक बन्दैगएको बताएका छन् ।

विराटनगरमा संचारकर्मीसंगको कुराकानीमा मन्त्री बासकोटाले अखतियार दुरुपयो अनुसन्धान आयोगले टेन्डर खुल्न नपाउदै फाइल तानिदिए पछि १० वटा ठुला आयोजनाको काम रोकिएको बताए । ‘मैले अख्तियारको बिरोध गरेको होइन तर टेन्डर नै लाग्न नपाउदै अनुसन्धानका लागी फाइल नियन्त्रणमा राखिदिदा काम रोक्यो भन्न खोजेको हु ।’ उनले भने ‘यसले बिकासको काममै अंकुस लाग्ने अवस्था सृजना भएको छ। अनुसन्धान पनि होस र काम पनि हो भन्न मात्र चाहेको हु ।’

कुराकानीमा मन्त्री बासकोटाले अधिनायकावाद सँग लडेर आएको सरकारले अधिनायकवाद ल्याउने कुरा हुनै नसक्ने बताए । उनले अधिनायकवाद थाहै नदिइ आउछ,कहाँ कसरी आउछ कसैलाइ थाहापाउन नसने बताए । मन्त्री बासकोटाले अधिनायकवाद लादन स्टालीन चिहानबाट उठेर आउदैन, उनले भने ‘यो स्टालीनले होइन मदन भण्डारीले दिक्षीत गरेको पर्टी हो ।’

यो छ महिने र नौ महिने सरकार नभएकोले यसले आफ्नो निति,आफ्नो कार्यक्रम र आफ्नो बजेट ल्याएको उनले बताए । मन्त्री बाँसकोटाले यसको परिणाम एक वर्ष पछि आउछ अहिले नै टिक्का टिप्पणी गर्नु हतार हुने बताउदै उनले भने ‘परिणाम आए पछि भन्नु उपयुक्त हुन्छ ।’ मन्त्री बासकोटाले सरकार प्रती उठेका टीकाटीप्पी पुर्वाग्रही भएको समेत जिकिर गरे। उनले हारी सके पछि पाच वर्ष बाहिर बस्नु पर्ने भयो भनेर प्रतिपक्ष त्यसै कराएको हो, त्यसले सरकारलाई कुनै असर नपार्ने जिकिर गरे ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बासकोटाले विद्युतिय कारोवार ऐन,संचार क्षेत्र र पत्रकास सँग जोडीएको कानुन ल्याउन लागेको बताए । उनले यस कानुनले पत्रकारीतालाई अंकुस लागाउने नभएर मर्यादीत बनाउने प्रष्ट पारे ।

यसअघि संचार तथा सुचना प्रविधि मन्त्रि गोकुल प्रसाद बासकोटाले निर्माण भइरहेको तारणी प्रसाद कोइराला स्मृति संचारग्रामको अवलोकन गरेका थिए । उनले संचारग्रामका विषयमा विराटनगर महानगरपालीकामा सरोकारवाल सँग छलफल समेत गरेका थिए ।त्यसैगरी मन्त्री बासकोटाले नेपाल दुरसंचार कार्यालय विराटनगर र राष्ट्रिय समचार समिती विराटनगरको पनि निरिक्षण गरेका थिए ।