सुनसरी । सुनसरीको दुई स्थानमा शुक्रबार राती मोटरसाइकलको ठक्करबाट एक बृद्धको ज्यान गएको छ भने एक बालक गम्भीर घाइते भएका छन।
सुनसरी भोक्राहा गाउँपालिका १ मा को ३३ प ४२५ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिंदा सोही ठाँउ बस्ने ५५ वर्षीय रामवृक्ष मुखियाको मृत्यु भएको छ। मोटरसाइकले ठक्कर दिंदा गम्भीर घाइते मुखियाको राती ९ बजे मृत्यु उपचारकाक्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको हो। यसैगरी सुनसरीकै हरिनगरा गाउँपालिका ४ हरिनगरा बजारमा मोटरसाइकलले ठक्कर दिंदा १० वर्षका एक बालक घाइते भएका छन। अल्फाबेट नखुलेको ८३२९ नम्बरको मोटरसाइकलले ठक्कर दिएर सोही ठाउँ बस्ने बिष्णु देव महेताको छोरा भुलेश्वर मेहेता गम्भीर घाइते भएका हुन। घाइते बालकको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको छ । दुर्घटना पश्चात दुबै मोटरसाइकलका चालक फरार भएकाले प्रहरीबाट खोजी कार्य भईरहेको छ।