तेह्रथुम । लगातारको वर्षाका कारण जिल्लाभरका सडक अस्तव्यस्त बनेका छन् । सडक हिलाम्मै भएर सवारी नचल्दा सयौं यात्रु चपेटामा परेका छन् । जिल्लाका दुई नगरपालिका सहित चार वटा गाउँपालिकाका सडकमा वर्षाले क्षति पु¥याए पछि एक स्थानीय तह देखि अर्काे स्थानीय तह सम्म पुग्न यातायात सम्पर्क टुटेको छ । निर्माण भैसकेका र निर्माणाधिन सवै सडक वर्षाले वगाएर र बाढीले खोलेर ठुलठुला खाडल वनाए पछि ट्याक्टर समेत संचालन हुन सकेका छैनन् । सडक हिलो भएर सवारी चल्न नसकेपछि कोशीराजमार्गको वसन्तपुर म्याङलुङ सडक खण्डमा न्युन मात्र सवारी चलेको जिल्ला टूाफिक प्रमुख योगेन्द्र कुमार दाहालले वताए । यही सडक मार्ग भएर संखुवासभा सदरमुकाम खादवारी र चैनपुर तर्फ हिडेका दर्जनौ सवारी वसन्तपुरमा रोकिने गरेका छन् । सडककै कारण सवारी नचलेपछि हजारौं यात्रु वाटैमा अलपत्र पर्ने गरेको टूाफिक प्रहरी कार्यालयले जनाएको छ ।
सदरमुकाम जोड्ने वसन्तपुर म्याङलुङ २६ किलोमिटर सडकका ठाउँ ठाउँमा हिलो उठेर सवारी आवागमन अवरुद्ध हुन थालेको छ । हिउदको समयमा वर्षौ लगाएर खनेका सडक वर्षाले वगाए पछि गाउँका वासिन्दाको बजार संगको सम्वन्ध टुटेको शुक्रवारे बजारका धर्मराज खुलालले वताए । वर्षाको पानीले सडक हिलाम्मे भएकाले जिल्लाका ४० वढी सडकमा एकै पटक सवारी आवागमन ठप्प भएको जिल्ला टूाफिक प्रहरी कार्यालयले जनाएको छ । वर्षाको भेलले वगाएका यि सडकमा गत आवमा करोडौं रुपैंया खर्च भएको थियो । वातावरणीय प्रभाव अनुगमन मुल्याकन नै नगरी नियम विपरीत डोजर र स्काभेटर लगाएर गाउँ गाउँमा खनिएका धेरै सडक पहिरोमा परीणत भएका छन् । उपभोक्ता समितिले विना सर्भेक्षण निर्माण गरेका अधिकांस यस्ता सडक पहिरोमा परिणत भएका हुन् । प्राविधिक सर्भेक्षण विना गाउँमा खनिएका ग्रामिण र कृषि सडकमा मान्छे समेत हिड्न गाह्रो भएको छ । गाउँमा कसले पहिला मोटर वाटो पु¥याउने भन्ने होडवाजीका साथ खनिएका सडक पहिरोमा परीणत भएका छन् । यि सडक निर्माणमा करोडौं रुपैंया लगानी भईसकेको छ । गाउँमा खनिएका यिनै मोटर वाटोमा वर्षाको भेल पसेर धेरै किसानको खेतवारी वगाईरहेको छ । वर्षाको समयमा सडकले किसानलाई फाईदा होईन, वेफाईदा वढि पु¥याएको कालिका माविका प्रध्यानाध्यापक गोेविन्द सोदेम्वाले वताए । उनका अनुसार गाउँका सडक हिलाम्मे भएकाले विद्यार्थीलाई विद्यालय आउन जान समेत समस्या हुने गरेको छ । पाँच वर्ष अघि खनिएका सडकमा समेत वर्षै पिच्छे मर्मत संभारको नाममा करोडौं रुपैंया खर्च भैरहेको छ । मोटो रकम खर्च गरेर मर्मत गरीएका सडक वाढीले वगाएकाले मर्मतको नाममा राज्यकोषको करोडौं रुपैंया सकीने गरेको जिविस पुर्व सभापती किशोरचन्द्र दुलालले वताए । ‘सडक मर्मतको नाममा एउटै सडकमा वर्षेनी ठुलो धनराशी खर्च भैरहेको छ’ सभापती दुलालले भने ‘तर सडकको अवस्था भने उस्ताको उस्तै ।’ गाउँ गाउँमा खनिएका यस्ता सडकमा हिलो उठेकाले गाउँलेलाई पैदल हिड्न समेत अफ्ठ्यारो भएको स्थानीयको भनाई छ । साविक जिविसले दुई वर्ष अगाडी मात्र जिल्लाका दर्जन वढि कृषि र ग्रामिण सडकमा करोडौं रुपैंया लगानी गरेको जनाएको छ । अहिले जिल्लाका २ नगरपालिका सहित चार वडा गाउँपालिकामा पनि वडा वडामा सडक खन्ने कामलाई तिव्रता दिएका थिए । तर सडकको अवस्था गत वर्षको भन्दा थप विग्रीएको छ । एक दशक अघि देखी निर्माण थालिएको सिंधुवा शुक्रवारे ९ किलोमिटर कृषि सडक समेत हिलोकै कारण अवरुद्ध छ । वर्षाले यो सडक खण्डको २० वढि स्थानमा खाडल परेर हिलो उठेको शुक्रवारे वजार व्यवस्थापन समितिका सचिव धाम वहादुर कार्कीले वताए । अघिल्ला वर्षहरुमा आर्थिक वर्षको अन्त्यमा धमाधम डोजर लगाएर खनिएका जिल्लाका धेरै सडक पहिरोको जोखिममा परेका छन् । हतारमा गरिएको काम गुणस्तरीय नहुने भएकाले भर्खर निर्माण गरिएको सडकमा वढि क्षति पुगेको उपभोक्ताको भनाई छ । जिल्लाभित्र वर्षेनी कति सडक खनिन्छ र यसरी खनीएका सडकमा कति पैसा खर्च भयो भन्ने तथ्याङक कसैसंग पनि छैन् । कृषि सडकको नाम दिएर खनीएको जिरिखिम्ती मोराहाङ सम्दु सडकको पनि हालत उस्तै छ । करोडौं रुपैंया लगानी भएको यो सडकमा हिलो उठेर सवारी आवागमन ठप्प छ । गाउँलेहरु हिलो सडकमा एक दिनको पैदल हिडेर खाद्यन्न लगायत दैनिक उपभोग्य वस्तु ओसार पसार गरीरहेका छन् । मर्मत संभार नगरे जिल्लाका कुनै पनि सडक संचालन हुने अवस्थामा नरहेको रेडक्रसका सभापती श्रीकृष्ण दाहालले वताए । ‘निर्माण भैसकेका सडकमा समेत एम्वुलेन्स् चल्दैन्’ उनले भने । एम्वुलेन्स नचल्दा विरामीको अकालमा ज्यान जाने गरेको अवस्था आएको छ । गत साता म्याङलुङ नगरपालिका ५ अम्फुवा वस्ने दिलु लिम्वुको बच्चा जन्मने क्रममा पाठेघर फुटेर रगत बग्ने समस्या नरोकिएकाले महगो खर्च गरेर हेलिकप्टर चर्टर गरि काठमाण्डौ गलिएको थियो । हाल उनको स्वास्थ्यमा सुधार भएको परिवारले जनाएको छ । विरामी लिम्वुको परिवार सामान्य खेती किसान गर्दै आएका छन् ।