इटहरी । इटहरीका बाढि पिडितहरु अहिले पनि गड्याङगुडुङ सहित ठुलो पानी पर्दा अहिले त्रर्सन्छन् । २०७४ साउन २७ गते इटहरीमा आएको विनासकारी बाढिको त्रास अहिले पनि गाउँमा जस्ताको तस्तै छ । बाढिले गाउँ बगाएको एक बर्ष वित्दा पनि गाउँमा जनप्रतिनिधिको आशालाग्दो काम नभएको बाढि पिडितहरु गनगन गदै आएका छन । बाढि बाट करीब ६ घण्टा बगेकी इटहरीका सानुमाया राई भन्छिन् ‘राती सुत्न पनि डर लाग्छ, मास्ती दिदीको तिर जान्छौँ राती अहिले पनि डर लाग्छ’ ‘असुरक्षित ठाउँ हो यो त्रास भईरहन्छ कतिबेला बगाउँने हो बाढीले टुंगो छैन ।’ अन्य निकायबाट केही सहयोग आएपनि सम्बन्धित निकायले भने खासै चासो नदिएको गुनासो गर्छिन् । उपमहानगरपालिका र वडा कार्यालयले सोचेजस्तो सहयोग र अब आउने बाढीले क्षति हुन नदिनका लागी कामै नभएको उनको तर्क थियो । इटहरीका रामकुमार राई, आशा राई र निमेष राईलाई साउन २७ गते राती आएको बाढीले बगायो । उनीहरुमध्ये आशाको शव भेटियो भने रामकुमार र निमेषको शव अझै भेटिएको छैन । उनीहरु एकै घरका श्रीमान श्रीमती र छोरा हुन् । उपचार गरेपछि ठिक भएकी सानुमायालाई अहिले बाढीको ती नै दिदि भिनाजुको झझल्कोले सताउन थालेको छ । तर, जनप्रतिनिधि आइकन यसको राहत मिल्ने जुन अपेक्षा गरिएको थियो त्यो हुन नसक्दा यतिबेला यहाँका बासिन्दाहरुमा बर्खा लागेसँगै फेरि बाढीले बगाउने हो कि भन्ने कुराले पिरोल्न थालेको उनीहरु बताउँछन । इटहरी ३ गैरीगाउँकी बाढि पिडित सपना भुजेल भन्छिन् पोहोरको बाढिमा बचियो यो बाढीमा कसरी बच्ने भन्ने चिन्ता छ । बाढि पिडितहरुलाई जनप्रतिनिधिले वेवस्ता गदै आएको भन्दै दिर्घकालिन समस्याको सामाधानमा सरकारी पक्ष नलागेको उनकोे गुनासो छ । अहिले पनि हामी ठुलो पानी पर्दा त्रासमै बस्दै आएका छौ उनले भनिन् । हामीलाई दिर्घकालिन ब्यवस्था चाहियो भुजेलको भनाई थियो । सरकारले भन्दा पनि आफुहरुलाई दाताले धेरै सहयोग गदै आएको उनको भनाई थियो । नेपाली काग्रेसका इटहरी सभापति हेमकर्ण पौडेलले इटहरी उपमहानगरपालिकाले बाढि पिडितहरुलाई उपेक्षा गरेको आरोप लगाएका छन । जनप्रतिनिधिहरुले ल्याएको पहिलो बजेटले पनि बाढि पिडितहरुलाई नछुएको उनको भनाई थियो । इटहरीमा बर्षेनी नदि कटानले अस्तब्यस्त बनाउँदै आएको बताउँदै जनप्रतिनिधि आए पनि बाढि पिडितले न्याय नपाएको गुनासो उनको थियो । पौडेलले भने इटहरीको ढुबानको समस्यामा पनि जनप्रतिनिधि खेचाली गदै बसेको आरोप लगाए । यता इटहरी ३ का वडाअध्यक्ष बालकृृष्ण विष्टले भने बाढि पिडितहरु अहिले पनि समस्यामै रहेको स्वीकार गदै उनीहरुलाई सहयोग भने गरीरहेको बताए । गत बर्षको श्रावन २७ गते आएको बाढीमा ९ जनाको शब भेटिएको थियो । इटहरीको वडा नम्वर ४, ५, ६, ९ लगायतका वडाहरु जलमग्न बनेको थियो भने नेपाली सेनाको पूवी पृतना समेत जलमग्न भएको थियो । बुढि टेंग्रा खेती र अन्य खोलामा आएको बाढिले पुरै मावन वस्ती जलमग्न बन्न बन्दा एक हप्ता सम्म बिजुली अवरुद्ध बन्न पुगेको छ भने नेपाल टेलीकमको संचार सेवा पनि बन्द भएको थियो ।