पानवारी । नेपाल टेलिकम धरानको लेखा शाखा अन्यायपूर्ण तरिकारले धरानबाट इटहरी सारिएको भन्दै सो शाखा तत्काल धरान फर्काउन माग गर्दै सूचना तथा सञ्चार मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । यसदेखि नै अघि रातारात इटहरी पुग्याे धरानकाे टेलिकम भन्दै स्थानीयले विराेध जनाउदै अाएका थिए ।
वि.सं. २०११ सालदेखि नै धरानमा रहेको धरानवासीको पुरानो सम्पत्तिको रुपमा रहेको टेलिकम कार्यालय पूर्वाञ्चलमा सबैभन्दा बढी राजश्व संकलन गर्ने कार्यालयको रुपमा रहेको र ११ हजार टेलिफोन लाइन र ३ हजार एडिएसएलका ग्राहक रहेको कुरालाई वेवास्ता गर्दै टेलिकमको लेखा शाखा इटहरी सारेको मा आपत्ति जनाउदै तत्काल कार्यालय धरान फर्काउन माग गरिएको छ । नेपाली कांग्रेसका सभापति तिलक राई र नेकपा धरानका अध्यक्षद्वय नारायणप्रसा सुवेदी र चोत्लुङले संयुक्त रुपमा विज्ञप्ती सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटालाई बुझाएका हुन् ।
प्रदेशका विभिन्न कार्यालयको निरिक्षणमा निस्केका मन्त्री बास्कोटाले धरान स्थित रेडियो नेपालको स्टेशन, जिल्ला हुलाक कार्यालय सुनसरी, नेपाल टेलिकमको धरान कार्यालय र नेपाल पत्रकार महासंघ सुनसरीको निर्माणधिन भवनको निरिक्षण गरेका थिए ।
निरिक्षणको क्रममा जिल्ला हुलाक कार्यालय सुनसरीका कर्मचारीले मन्त्री बास्कोटालाई अस्थाई तथा करार कर्मचारीको सेवा सुविधा वृद्धि गर्नका साथै कर्मचारीलाई आवश्यक पर्ने विभिन्न सामाग्रीको व्यवस्था गरिदिन र आवश्यक तालिमको समेत प्रबन्ध मिलाइदिन माग गरेका छन् ।
मन्त्री बास्कोटाले नेकपा धारनको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै कर्मचारीको काम गर्ने परिपाटी पुरानै हुँदा सरकारले गर्ने काममा गति लिन नसकेको बताएका थिए । समृद्धि भनेको अहिलेका विकसित मुलुकमा मानवियता हराएको जस्तो नभई मानविय मुल्य सहितको हुने जहाँ घरपरिवार बिच मित्रता, छरछिमेकीको महत्व अहिलेकै जस्तो हुने गरीको सामाजिक सद्भाव कायम राखी मुलुकलाई समृद्धिमा लैजाने बताए । उनले धरानमा १८ महिना मित्र फोरजी सेवा उपलब्ध गराउने भन्दै साउन १ गतेदेखि एनालग टिभि पूर्ण रुपमा हटाउने बताए । धरान–इटहरी सडक खण्डको जंगलमा मोबाइलको टावर नहुँदा समस्या हुने गरेकोले तत्काल जंगलमा टावर बनाउन सक्ने तर त्यसमा उपयुक्त स्थानमा टावर राख्ने जग्गाको व्यवस्था गर्न भने स्थानीयले पहल गर्नुपर्ने बताए ।
मन्त्री बास्कोटालाई नेकपाका अध्यक्षले एक ज्ञापन पत्र हस्तान्तरण गर्दै धरान–१७मा अवरुद्ध भएको टेलिफोन तत्काल सुचारु गर्न, धरानको २० नं. र ४ नं. वडामा टेलिकमको टावरको व्यवस्था गर्न, टेलिफोनका तारहरु असरल्ल रहेकोले त्यसलाई व्यवस्थित गर्न, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा टेलिकमले दिइरहेको सेवा तत्काल व्यवस्थित गर्न माग गरेका थिए ।
याे पनि पढ्नुहाेस् ।