जिरोपोइन्ट । धरान उपमहानगरपालिका स्थित रहेको वडा नम्बर १३ र १४ लाई बालमैत्री वडा घोषणा गर्नका लागी रणनीति तयार पार्नका लागी ३ दिन गोष्ठि शुक्रबारबाट सुरू भएको छ । शुक्रबारको उक्त गोष्ठीमा बालबालिकासंग सम्बन्धित सम्पुर्ण क्षेत्रका व्यक्तित्वहरूसंगको छलफल भएको छ । बालबालिकाको अधिकारहरूलाई कसरी पुरा गर्ने र बालमैत्री वडा घोषणा भएपछि कसरी बालबालिकाको अधिकारलाई पुर्ण रूपमा लागु गर्ने भन्ने विषयमा प्रत्यक्ष बालबालिका र बालबालिकासंग सम्बन्धित व्यक्तित्वहरूसंग रहेर रणनीति बनाईने वडा नम्बर १३ की सामाजिक परीचालक आइतिमाया तामाङले बताएकी छिन् ।
बालमैत्री वडा घोषणा गर्न रणनीति तयार
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































