पानवारी । धरान तिनकुने स्थित शनि मन्दिर छेउमा आइतबार भएको सडक दुर्घटनामा परी एक चालक गम्भिर घाइते भएका छन् ।

धरानबाट इटहरी तर्फ गइरहेको को १ च ७३४२ नं. को कार र विपरीत दिशाबाट आइरहेको को २ च ७५९ नं. को स्कोरपियो एक आपसमा ठक्कर खाँदा कारका चालक इटहरी ७ का हरि अधिकारी गम्भिर घाइते भएका छन् । विहान करिब ११ बजेको समयमा भएको दुर्घटनामा स्कोरपियोमा रहेका ९ जना मध्ये चालक धरान–११ निवासी सुछिन राई सामान्य घाइते रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख होमराज दाहालले जानकारी दिएका छन् । घाइतेको उपचार धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइहरको छ ।