रंगेली । विराटनगर महानगरपालीकामा संचालीत मझौला शहरको एकिकृत शहरी वातावरणीय सुधार परियोजनाद्वारा विराटनगर १४ जतुवामा निर्माणधिन फोहोर पानी प्रसोधन केन्द्र ३ महिना पछि संचालनमा आउने भएको छ । संचालन पछि विराटनगरको ४५ सय घर परिवारको फोहोर(मलमुत्र)को पाइपलाइन मार्फत सोझै प्रसोधन केन्द्रमा पुग्ने छ । परियोजनाका व्यवस्थापक इन्जिनियर भरतकुमार न्यौपानेले सिटिसिइ कालीका जेभि मार्फत २ अर्व ९५ करोडमा निर्माण भइरहेको परियोजनाको ९९ प्रतिसत तथा फोहोर पानी प्रसोधन केन्द्रको ९५ प्रतिसत काम सम्पन्न भएकोले तिन महिना भित्र विराटनगरको फोहोर प्रसोधन केन्द्रमा पु¥याउने तयारी थालिएको बताए । न्यौपानेले विराटनगरको घरघरको फोहोर प्रसोधन केन्द्रमा पु¥याउन ४५सय घरबाट तिन–तिन हजारका दरले सदस्यता शुल्क लाग्ने बताए । उनले घरको फोहोर मलमुत्र प्रसोधन केन्द्रमा पु¥याउन सेवा लिए बापत मासिक १सय देखि ७ सय सम्म शुल्क तिर्नु पर्ने बताए । एक हजार स्क्वयार फिटमा सम्मको घर धनिले १ सय र ४ हजार स्क्वायर फिट भन्दा माथि ७ सय सम्म तिर्नु पर्छ । फोहोर पानी प्रसोधन केन्द्र संचालन पश्चात ‘हज’ निर्माण गर्नु नपर्ने इन्जीनियर न्यौपानेले बताए । सिटिसिइ कालीका जेभिले एक वर्ष सम्म प्रसोधन केन्द्रको रेखदेख गर्नुपर्ने न्यौपानेल जानकारी दिए । मझौला शहरको एकिकृत परियोजनाको २ अर्व ९५ करोडको लागतमा काम भइरहेको छ । जसको ९९सय प्रतिसत काम सम्पन्न भएको छ । अहिले महानगरमा क्षेत्रीय शहरी विकास परियोजनाले पनि काम थालेको छ । जसले २ वर्ष भित्रमा महानगरपालीकाको नाला तथा ढल निर्माण भएको ठाउमा ४० एमएमको पिच निर्माण गर्ने छ । दुवै परियोजनामा एसियाली विकास बैक र नेपाल सरकारको अनुदानमा संचालन भएका हुन ।